• TOKHA LIVE

    • १८ असार २०७९, शनिबार ११:२९

    ३ रोपनी जग्गा उच्च अदालत पाटनले नेपाल स्काउटको पक्षमा फैसला

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    असार १८,२०७९

    नेपाल स्काउटले खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रा.लि. विरुद्ध गरेको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनले नेपाल स्काउटको पक्षमा फैसला गरेको छ । नेपाल स्काउटले २०७६ पौष २८ गते दायर गरेको मुद्धा उपर सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्धय राजेन्द्र खरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत, काठमाण्डौको मिति २०७६ असार १८ गतेको फैसला उल्ट्याउँदै नेपाल स्काउटको पक्षमा फैसला गरेको छ।

    नेपाल स्काउट लैनचौर स्थित ३ रोपनी जग्गा खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रा.लि.ले १० वर्षको लागि भाडामा लिएकोमा सो कम्पनीले १५ वर्षको करार सम्झौता भनि दावी गरेपछि नेपाल स्काउटले उक्त बिषय किर्ते र सम्झौता विपरित भएको थियो। जग्गा १० बर्षे सम्झौता पुरा भएको र खाली गर्न भनेपछि खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रा.लि.ले जिल्ला अदालत काठमाण्डौमा मुद्धा दायर गरेको थियो।
    जिल्ला अदालत काठमाण्डौले १० बर्षे सम्झौता लाई १५ बर्ष भनि खड्काल्याण्ड प्रा.लि.को पक्षमा फैसला गरेपछि नेपाल स्काउट उच्च अदालत गएको हो।

    नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सम्मानित जिल्ला अदालतको मिति २०७६।०३।१८ को फैसला उल्टी(वातिल) गरी सुपत न्याय निरुपण गरिपाउँ भनी निवेदन दिएको थियो।भने जित सत्यको पक्षमा भएको जित हो, राजनितिक शक्तिको दुरुपयोग गरि स्काउटको जग्गा हडप्ने खड्काको योजना विफल भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी बताए। नेपाल स्काउटका पूर्व पदाधीकारी र पुर्व कर्मचारी प्रमुखले किर्ते गरी १० वर्षको सम्झौतालाई १५ वर्ष भएको निर्णय प्रमाणित गरिदिएका थिए ।

    २०७५ सालमा सम्झौता सकिएपछि सोही कारणले खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रा.लि.ले नेपाल स्काउटको जग्गामा हालीमुहाली गरिरहेको थियो । तर लामो समयदेखी भाडा वापतको ठुलो रकम नेपाल स्काउटलाई तिरेको भने थिएन ।
    फैसलासँगै विभिन्न बहानामा लामो समयसम्म नेपाल स्काउटको जग्गा कब्जा गर्ने खड्काल्याण्ड प्रा.लि. उदेश्यमा तुषारापात भएको छ । खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रा.लि. संखुवासभाका काँग्रेस नेता दिपक खड्काको कम्पनी हो । व्यवसायी नेता दिपक खड्काले निकै समयदेखि सत्ताको दुरुपयोग गरी नेपाल स्काउटको जग्गा अतिक्रमण गरी कब्जा गर्ने,अवैधनिक संरचनाहरु बनाउने, गुण्डा प्रयोग गरी कार्यालयमा आक्रमण गराउने र मालसामान चोरी गर्ने लगायतका कामहरु गर्दै आएको नेपाल स्काउटको आरोप छ ।

    विभिन्न समयमा नेपाल स्काउटका तात्कालीन पदाधिकारी तथा कर्मचारीहरुले नेता खड्काको कम्पनीसँग मिलेमतो गरी नेपाल स्काउटको अहित हुनेगरी कम्पनीको फाइदामा काम गरेका कारणले खड्काले नेपाल स्काउटलाई सताउँदै आएको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई बताए। हालसम्म भाडा वापतको पनि करोडौं रकम उनको कम्पनीले नेपाल स्काउटलाई नबुझेको र नेपाल स्काउटका पूर्व कर्मचारीको मिलेमतोमा १० वर्ष मात्रै म्याद रहेको करार सम्झौतालाई १५ वर्ष बनाई नेपाल स्काउटको जग्गा कब्जा गर्ने नियत राखेको स्काउट श्रोत बताउँछन्।

    नेपाल स्काउटको वर्तमान नेतृत्व खड्का र उनको कम्पनी विच यहि विषयमा निरन्तर विवाद भइरहेको थियो। विचमा नेपाल स्काउटको हीतमा काम गर्न शपथ लिएका पूर्व प्रमुख आयुक्त, लगायतका पुर्व पदाधिकारी तथा पुर्व कर्मचारीहरु समेत खड्काको पक्षमा उभिदै आएकोमा दुख लागेको स्काउटका पदाधिकारीहरुले बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै