• Sanu Raj Dangol

    • १६ असार २०७९, बिहीबार १५:२५

    टाेखा परम्परागत चाकु संरक्षण समाजद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित

    टाेखालाइभ डट कम/ असार १६,२०७९

    टाेखा परम्परागत चाकु संरक्षण समाजले नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । टाेखा परम्परागत चाकु संरक्षण समाजले आज ब्यस्त समयको सदुपयोग गर्दै गत बैशाख ३० गते स्थानीय चुनावमा बिजय हासिल गर्ने नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ। समाजले टाेखा नगरप्रमुख प्रकाश अधिकारी , उप-प्रमुख मुरारी तामाङ , टाेखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ र टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोललाई कार्यालयमा नै भेटेर समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ र समाजका महासचिव रामराज श्रेष्ठले संयुक्तरूपमा आ- आफ्नै कार्यालयमा सम्मान गरेको छ।

    सम्मान पछि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले पाल्पाली भनेर ढाका, भोजपुरी खुकुरी , भक्तपुरको जुजु धौ नामले चिनाए जस्तै टाेखा नाम लिने बितिक्कै चाकुको नामले प्रसिद्ध टाेखालाई चिनाइरहदा गर्वको महसुस भैरहेको बताउदै टाेखा नगरपालिकाले नीति तथा कार्यक्रममा चाकुलाई ब्राण्डीङ गर्ने घोषणा गरेको बताए। टाेखाको सम्पदा शीत गासिएको टाेखाको चाकुलाई बजार प्रबर्द्धन गर्न आफ्नो जुनसुकै परिस्थितिमा सधै साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    टाेखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ र टाेखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोलले ऐतिहासिक नाम चिनाउन सफल चाकुलाई जिवन्त बनाउन उपयुक्त ठाँउको सदुपयोग गर्दै जनचाहना बमोजिम टाेखा वासी र टाेखा परम्परागत चाकु संरक्षण समाजको लामो समय देखिको धोको चाकु स्तम्भ निर्माण गर्ने कार्यमा वडाको सधै साथ र सहयोग रहने वचन दिनुभएको थियो । कार्यक्रममा टाेखा परम्परागत चाकु संरक्षण समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै