• TOKHA LIVE

    • ११ असार २०७९, शनिबार १२:५८

    कागेश्वरी मनोहरा नगरपालिकाको बजेट २ अर्ब,७ करोड,७० लाख, ७४ हजार

    टाेखालाइभ डट कम/ असार १०, २०७९
    messenger sharing buttonsharethis sharing button
    काठमाडौँ, असार ११ ।  कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०७९ / ८० को लागी कुल २ अर्ब,७ करोड,७० लाख, ७४ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
    नर्लिंङ रिसोर्टमा  आयोजित कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मुकुन्द प्रसाद गजुरेलले आर्थिक बर्ष २०७९/८० को लागि कुल २ अर्व ७ करोड ७० लाख ७४ हजारको अनुमानित आय व्यय बिवरण पेश गरेका हुन ।
      छैठौ  नगर सभाको उद्घाटन सत्रको प्रमुह अतिथिको रुपमा पुर्व गृह राज्य मन्त्रि संबिधान सभा सदस्य  एबम बागमती प्रदेश  नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानिया रहेका थिए । बिशेष अतिथिको रुपमा संबिधान सभा सदस्य, बागमती प्रदेशका पूर्व मन्त्रि रामेश्वर फुयाल, संबिधान सभा सदस्य   दिपक प्रसाद कुइकेल, बागमती प्रदेश सभा सदस्य मणिराम फुयाल, बिभिन्न राजनीतिका दलका प्रतिनिधि  लगायत कार्यपालिका सदस्यहरु नगर सभासदस्य लगायत कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

    कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि  पूर्व गृह राज्य मन्त्रि संबिधान सभा सदस्य  एबम बागमती प्रदेश  नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानिया बिशेष अतिथि संबिधान सभा सदस्य, बागमती प्रदेशका पूर्व मन्त्रि रामेश्वर फुयाल, संबिधान सभा सदस्य  दिपक प्रसाद कुइकेल, बागमती प्रदेश सभा सदस्य मणिराम फुयाल,लगायत  बिभिन्न राजनीतिका दलका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए  ।    नगरपालिका उप प्रमुख शान्ता थापाले नगर सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन ।

    कार्यक्रमका कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए नीति कार्यक्रम तथा बजेटमा सामजिक क्षेत्र,(शिक्षा, स्वास्थ्य खानेपानी) व्यवस्थित शहरी विकास सहितको भौतिक पूर्वाधार, नगरपालिकालाइ खेलकुद नगरको रुपमा विकास गर्ने योजनाका साथै ज्येष्ठ नागरिकलाइ घर दैलोमा निशुल्क स्वास्थ्य उपचार सेवा र बिध्यालय स्वास्थ्य कार्यक्रमलाइ प्राथमिकता दिइएको जानकारी गराएका थिए ।

     

    नगर सभा बैठकमा विधयेक समितिका संयोजक एबं वडा नं ७ का वडा अध्यक्ष भिमसेन थापाले नगरपालिकाको खानेपानी तथा सरसफाई बिधेयक २०७९ र नगर शिक्षा ऐन, पहिलो संशोधन बिधेयक २०७९ समेत पेश गरेका थिए ।

     

     

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै