• Sanu Raj Dangol

    • १५ असार २०७९, बुधबार २०:५४

    टाेखा नगरपालिकामा ‘१९ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव २०७९ को रौनक

    टाेखालाइभ डट कम/ असार १५,२०७९
    काठमाडौं /टाेखा नगरपालिका कृषि शाखाको आयोजनामा आज टाेखा वडा १ स्थित जहानिया गाउँमा आयोजित ‘धान बालीमा जैविक विविधताको उपयोग , आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नारा अनुरुप ‘१९ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव २०७९ मनाइयो। हरेक वर्ष सरकारले १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ ।

    १९ औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारीबाट धान रोपि राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सवको उद्घाटन गरेका थिए ।

    कार्यक्रम टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै जुनसुकै र जस्तोसुकै विकास भएतापनि कृषि पेशाको विकल्प नभएको उहाँको भनाइ रहेको थियो । यदि टाेखा १ झोरलाई कृषि क्षेत्रको रूपमा राख्न चाहनुहुन्छ भने टाेखा नगरपालिकाले विगत ५ वर्षदेखि कृषकहरुलाई बीउ बिजन, ट्याक्टर लगायत विभिन्न कृषि सामग्री वितरण गरिसकेको बताउदै वर्गीकरण नहुदा नहुदै टाेखा नगरपालिकाले यहाँको जनताको भावनाको कदर गरिएको बताए। यदि टाेखा नगरपालिका १ झोरको जनसमुदायले कृषि क्षेत्रको रूपमा कुनै एक स्थानलाई रोज्नुहुन्छ भने अहिले टाेखा नगरपालिकाले छुट्टयाइएको कृषि क्षेत्रको बजेट यस्लाइ दोब्बर बनाएर यहाँको किसानलाई उत्प्रेरणा जगाउने हिसाबले बजेट बिनियोजन गरिदिने उद्घोष गर्नुभयो ।

    कार्यक्रममा कृषि शाखा प्रमुख सुमित्रा पाठकले टाेखा नगरपालिका कृषकको जीवनस्तर उकास्नको लागि आवश्यक सहकार्य गर्न तयार रहेको बताउँदै’ धान बालीमा जैविक विविधताको उपयोग , आयात प्रतिस्थापनमा सहयोग’ नारा अनुरुप नगरपालिकाले तदारुकताका साथ गम्भीर भएर काम गर्ने बताउनुभयो । किसानहरुलाई आवश्यक सेवा र सुविधा दिन शाखा तयार रहेको बताउनुभयो ।

    कार्यक्रमलाई लोक सांस्कृतिक महिला नौमती बाजा समुहका कलाकारहरुले नौमती तथा पञ्चेबाजा बजाएर रोपाइँ महोत्सवलाई रंगिन बनाइ रौनकता थपिदिएका थिए ।

    धान दिवस कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख प्रकाश अधिकारी,बिशिस्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठक, कृषि शाखा प्रमुख सुमित्रा पाठक, आर्थिक प्रशासन प्रमुख ज्ञान बहादुर अधिकारी , महिला तथा बालबालिका प्रमुख साबित्रा न्यौपाने ,टाेखा नगरपालिका वडा १ का सदस्य सुनिता श्रेष्ठ , टाेखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,टाेखा ३ का वडा सदस्य शान्ता राई , टाेखा नगरपालिका वडा ७ का अध्यक्ष नरोत्तम राना, वडा सदस्य गोपि कृष्ण पाठक,कार्यपालिका सदस्यहरु, कृषक राममनी अधिकारी , रामकुमार अधिकारी , विद्यार्थी भाइबहिनीहरु लगायतको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै