• Sanu Raj Dangol

    • १४ असार २०७९, मंगलवार २२:१४

    टाेखा केबको सातौं वार्षिकोत्सबको अवसरमा जनप्रतिनिधिहरुलाई बधाई तथा पुस्तक बिमोचन सम्पन्न

    टाेखालाइभ डट कम / असार १४,२०७८

    काठमाडौं /समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान अवधारणा अन्तर्गत टाेखा केब ट्रेड एन्ड इन्भेस्टमेन्ट प्रालीको स्थापनाको ‘सातौं केब वार्षिकोत्सब -२०७९’ को अवसरमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई संगै ‘ असल पोषण व्यवहार स्वस्थ जिवनको आधार समेटरे तयार पारेको’ यस पुस्तकका लेखिका तथा टाेखाकै पहिलो नर्स हिरा देवि डंगोलको ‘युवा वयस्कहरुमा पोषण ज्ञान र व्यवहार’ नामक पुस्तकको पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमका बिच बिमोचन गर्नु भएको छ ।

    टाेखा केब ट्रेड एन्ड इन्भेस्टमेन्ट प्रालीका अध्यक्ष सुशान्त डंगोलको अध्यक्षतामा सम्पन्न २०७९को स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सातौं केब वार्षिकोत्सब -२०७९’ को अवसरमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिदै कार्यक्रमका प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलद्वारा मायाको मायाको चिनो प्रदान गरिएको थियो ।

    कार्यक्रममा टाेखा केबका संचालक मनिराज डंगोलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    पुस्तक बिमोचन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले
    टाेखा केब स्थापनाको ७ वर्षसम्म प्रतिकुलतासंग जुध्दै भए पनि अलिकति अगाडि बढ्न कोशिस गर्नुभएकोमा यस्को लागि प्रसंशा गर्न चाहन्छु र शुभकामना व्यक्त गर्न चाहन्छु ।”- भन्नुभयो ।

    पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले मानिसहरु कति बेला लोप हुन्छन् र कसरी अन्त हुन्छ भन्दाखेरी कुनै जातिको, कुनै भाषाको, कुनै धर्मको आफ्नो पहिचान गुमाउनेहरु समाप्त हुन्छन् ।आफ्नो भाषा बिर्सनेहरु , आफ्नो संस्कृति बिर्सनेहरु , आफ्नो धर्मको बारेमा बिर्सनेहरु बेवास्ता गर्नेहरु समाप्त हुने बताउनुभयो । त्यसकारणले हामी नेपाली हौं ।नेपाल भित्रका विभिन्न जातजातिहरु आफ्नो पहिचानको लागि हामी वास्तवमा लाग्छौ भने म के आग्रह गर्न चाहन्छु भने आफ्नो भाषाको रक्षा गर्नुस् , आफ्नो भाषाको रक्षा नगर्ने , आफ्नो धर्म र संस्कृतिको रक्षा गर्न नसक्नेहरु, आफ्नो इतिहास प्रती गर्व बोध गर्न नसक्नेहरु सकिन्छन् समाप्त हुन्छन् ।त्यसकारण हामी सबैको आफ्नो इतिहासको रक्षा गरौं हामी कहाँबाट आयौं ।

    कार्यक्रममा बिशिस्ट अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा केव को सातौ बार्षिकाेत्वसव कार्यक्रमलाई सम्बोधनका क्रममा टोखामा पर्यटन प्रबर्द्धन गर्न लागिरहेको बताए। नगर प्रमुख अधिकारीले टोखाको सम्पदा र सस्कृति सरक्षण गन लागिरहेको र यसले पर्यटन प्रवदन हुने र टोखामा परम्परागत कलात्मक डाछि इट्टा घर बनाउनेलाई नक्सा पास गर्दा छुट नगरपालिकाले दिने बताए।

    कार्यक्रममा कलाकारहरुले विभिन्न भाषा र कला झल्काउने नृत्य प्रस्तुती दिएका थिए ।

    कार्यक्रम बिशिस्ट अतिथी टोखा नगरपालिकाका पुर्व उप प्रमुख ज्ञानमाया डंगोल , मुलनायो हेमराज श्रेष्ठ ,टोखा नगरपालिका वडा २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,टोखा नगरपालिका वडा ३ का अध्यक्ष रमेश डंगोल ,टोखा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ , टोखा ५ का अध्यक्ष मदन गुरुङ, टोखा ७ का अध्यक्ष नरोत्तम राना लगायत जनप्रतिनिधिहरुको सहभागी रहेको थियो ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै