• Sanu Raj Dangol

    • १४ असार २०७९, मंगलवार २१:४१

    टाेखा चाकु व्यवसायीहरुलाई सामान हस्तान्तरण कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम /असार १४,२०७९

    काठमाडौं / टाेखा परम्परागत चाकु संरक्षण समाजद्वारा आयोजित कार्यक्रममा टाेखाका चाकु उद्योगीलाई सामान हस्तान्तरण गरेको छ।

    टाेखा नगरपालिकाबाट सहयोग प्राप्त भएको १३ थान चाकु पकाउने डेक्ची र प्लाष्टिक शिल गर्ने १ १ थान प्लाष्टिक प्याकिङ मेसिन समाजका ११ जना टाेखा परम्परागत चाकु बनाउने विभिन्न चाकु कम्पनीका उद्योगीहरुलाई सोमबार एक कार्यक्रमका बिच प्रमुख अतिथि पुर्व टाेखा नगरपालिका उप प्रमुख ज्ञानमाया डंगोलले उक्त सामान हस्तान्तरण गर्नुभयो ।

    टाेखा परम्परागत चाकु संरक्षण समाज अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा संचालन भएको कार्यक्रममा
    समाजका महासचिव रामराज श्रेष्ठले स्वागत मन्तब्य राख्दै टाेखाको चाकु व्यवसायीहरु ब्यापार मात्रै नगरेर टाेखाको परापुर्वकाल देखि टाेखा चाकुको नामले प्रसिद्ध टाेखालाई एउटा सम्पदाको नामले समेत चिनाइरहदा गर्वको महसुस भैरहेको बताउदै शनिबार टाेखा नगरपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रममा चाकुलाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डीङ गर्ने घोषणाले अत्यन्तै खुशी लागेको बताए।

    महासचिव श्रेष्ठले चाकु व्यवसायीलाई सहयोग गर्न नीतिनिर्माण गर्न पटक पटक दौडधुप पछि २०७४ सालमा निर्वाचित जनप्रतिनिधि टाेखा नगरउप प्रमुख ज्ञानमाया डंगोलको बिशेष पहल कदमले ढिलै भए पनि ३ लाख बराबरको अहिले सामग्री हस्तान्तरण गर्नु भएकोमा टाेखा नगरपालिका र पुर्व उप प्रमुख ज्ञानमाया डंगोललाई हार्दिक आभार प्रकट  गर्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि पुर्व उप प्रमुख ज्ञानमाया डंगोलले
    विभिन्न आरोहअवरोहका बिच कठिनाई झेल्दै ब्यापारसंगसंगै टाेखा सम्पदा चिनाइरहेको टाेखा परम्परागत चाकु संरक्षण समाजको हकहित , अधिकार , समाज संरक्षण गर्ने कुरामा आफ्नो सधै साथ र सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरिन।
    पुर्व उप प्रमुख ज्ञानमाया डंगोलले स्थानीय वस्तुलाई बृहत उत्पादन गरि नेपालमा उत्पादन वृद्धि गर्न सके देशको व्यापार घाटा कम हुने, देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनु भयो । टाेखा परम्परागत चाकु संरक्षण समाजले देश भरिका चाकु बनाउने व्यवसायीहरुलाई एकताबद्द गराएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो।

    टाेखा परम्परागत चाकु संरक्षण समाज अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले टाेखाका परम्परागत रूपमा संचालन गर्दै चाकु कम्पनिहरुले दर्ता गरि कर तिरेर नै चलाई रहेकाे बताए ।उनले
    चाकु उद्योगीहरुले करको दायरामा बसि टाेखा चाकुलाई ऐतिहासिक ,माैलिक, परम्परागत रुपमा चाकु बनाएर चाकु व्यवसायीहरुलाई समेत एकै थलोमा आबद्ध गराएर चाकु बनाउने नयाँ पुस्ता तयार गरि सक्षम जनशक्ति निर्माणमा परम्परागत चाकु संरक्षण समाज अघि बढीरहेको बताए।

    अध्यक्ष श्रेष्ठले चाकु टाेखाको नाम संगसंगै सम्पदा समेत चिनाइरहेको बताउदै टाेखा चाकुलाई टाेखा नगरपालिकाले नीति निर्माण कार्यक्रममा चाकुलाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डीङ गर्ने घोषणा गरेको कदम स्वागत योग्य र ऐतिहासिक कदम भन्दै खुशी व्यक्त गरे । उनले टाेखामा समग्र चाकु कम्पनी उद्योगीहरुको छाता संगठनको रूपमा रहेको टाेखा परम्परागत चाकु संरक्षण समाजको नीति निर्माण र भावी योजनामा मात्रै टाेखा चाकुलाई अन्तर्राष्ट्रिय बजारमा ब्राण्डीङ गर्न सम्भव हुने अध्यक्ष श्रेष्ठले बताए ।

    कार्यक्रममा बिशिस्ट अतिथी पुराना चाकु व्यवसायी काशीलाल श्रेष्ठ, लगायत टाेखा परम्परागत चाकु संरक्षण समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै