• TOKHA LIVE

    • १० असार २०७९, शुक्रबार ०७:४३

    सत्ताको आडमा वर्षौँदेखि नेपाल स्काउटको सम्पत्ति कब्जा

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    असार १०,२०७९

    काठमाडौं /वर्षौँदेखि नेपाल स्काउटको सम्पत्ति अवैध कब्जा गरेर बसेका पूर्वमन्त्री दीपक खड्काले सत्ताको दुरुपयोग गर्दै संस्थाको दैनिक प्रशासनिक काममा अवरोध सिर्जना गरेका छन्।खड्काले वडा नं २६ का वडाध्यक्ष ख्याम तिवारी र सोह्रखुट्टे प्रहरी प्रमुखलाई दबाब दिएर स्काउटका दैनिक काममा अवरोध सिर्जना गर्न खोजेको संस्थाका पदाधिकारीहरूले बताएको छ।

    असार ५ गते नेपाल स्काउट स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा स्काउटले आफ्नै जग्गामा रहेको मञ्चको सरसफाइ तथा रंग रोगन गर्दै खाल्डाखुल्डी पुर्न काम गरेका छन्। स्काउटको जग्गामै रहेको पार्टी प्यालेसले पार्किङका रूपमा प्रयोग गरेको जग्गाको केही भागमा तारबार लगाएर स्काउट दिवस मनाइएको हो।
    सोही तारबारलाई लिएर स्काउटका कर्मचारीलाई अनावश्यक दबाब दिन थालिएको संस्थाले बताए।

    स्काउटको कार्यालय र जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा रहेको छ। नेपाली कांग्रेसका नेता समेत रहेका खड्का ल्याण्ड डेभलपर्सका मालिक दीपक खड्काले वडाध्यक्ष तिवारीमार्फत स्काउटमा अवरोध सिर्जना गर्न खोजेको आरोप लगाएको छ।
    तिवारीले स्काउटको कार्यालय बन्द रहेको समयमा फोन गरेर तारबार लगाइएको जमिनका पोलहरू उखेलेर फाल्न निर्देशन दिएको तिवारी यसबारेमा बुझ्न खोज्दा सम्पर्कमा नआएको संस्थाले जनाएको छ।

    पूर्वमन्त्री खड्काको कम्पनी खड्का ल्याण्ड डेभलपर्सले स्काउटलाई करोडौँ रुपैयाँ भाडा तिर्न बाँकी रहेको र यता खड्का समूहले स्काउटका पूर्व पदाधिकारीसँग सोही जमिन कब्जा गर्ने योजनासहित भेला समेत आयोजना बताए।
    मंगलवार पूर्व पदाधिकारीहरू पूर्व प्रमुख आयुक्त रविन दाहाल, पूर्व राष्ट्रिय संयोजक चन्दन कौशिक, देवदूत अधिकारी, दिपेश केसी, पुन्यराम गोथे, तरुण रन्जन दत्त लगायतका व्यक्तिहरू लैनचौरस्थित खड्काल्याण्डको कार्यालयमा पुगेका छन्।

    खड्काले स्काउटको जग्गा हत्याउन प्रहरी प्रशासनमाथि समेत राजनीतिक दबाब दिएको थियो। सोह्र खुट्टे वृत्तमा डिएसपीले स्काउट कार्यालय लैनचौर पुगेर विवादित जग्गामा एकलौटी नगर्न भन्दै दबाब दिएको बताए।
    नेपाल स्काउटको जग्गालाई विवादित बनाएर हत्याउन वडाध्यक्ष र प्रहरीलाई समेत प्रयोग गर्न खोजिएको आरोप लगाए । पार्किङ क्षेत्रको जग्गामा कुनै विवाद नरहेको र स्काउटले वार्षिक कार्यक्रम गर्न जग्गाको केही भागमा तारबार लगाएका थिए।

    २०७२ सालको भूकम्पपछि उक्त स्थानमा स्काउटको कार्यक्रम नभएको र यस पटक भने आफ्नै जग्गामा कार्यक्रम गर्न मञ्च निर्माण तथा सरसफाइमा मितव्ययिता अपनाउन खोज्दा स्काउटको जग्गालाई विवादित बनाउन खोजिएका निर्देशक रामप्रसाद भट्टराईले जानकारी दिनुभयो।

    स्काउटमा यस्ता घटना भने भइरहेको तथा केही समयअघि पूर्वमन्त्री खड्काकै नेतृत्वमा एउटा समूह स्काउट कार्यालयमा पसेर लुटपाट र तोडफोड गरेको जनाए। प्रहरीले त्यस बेला किटानी जाहेरी समेत नलिएको संस्थाले बताए।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै