नविना श्रेष्ठ/टाेखालाइभ डट कम
असार ५,२०७९
नेपाल स्काउटको ७१औं स्थापना दिवस मुल समारोह भव्यताका साथ असार ५ गते मनाईएको छ । कार्यक्रमका प्रमुख अथिति नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो।

नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयको प्रांगणमा एक आयोजित मुल समारोहमा उपस्थित नेपाल स्काउटमा सक्रिय स्काउटर, रोभर रेन्जर तथा कर्मचारीहरूलाई उहाँहरूको योगदानको कदर गरी बिभिन्न पदक बितरण गर्नुका साथै यस वर्षकालागी बिभिन्न पदक घोषणा गरिएको थियो। सोही अवसरमा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले आ.ब. २०७८/२०७९ को बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो।

बार्षिक प्रतिवेदन पेश गरेको लगत्तै नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारी सहित उपस्थित अतिथिहरूले बार्षिक प्रतिवेदन पुस्तिका लोकार्पण गर्नुभएको थियो । त्यस्तै समारोहकै अवसरमा नेपाल स्काउटका लागी शेर्पा आउटडोर प्रा.ली. को पूर्ण लगानीमा निर्मित सभाहल भवन उद्घाटन एवं हस्तान्तरण गरिएको थियो ।

भने कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउटले अग्रगामी छलाँग लगाइसकेको र अब पछी फर्केर हेर्न नपर्ने प्रतिबद्धता जनाए। त्यस्तैगरी नेपाल स्काउटको भिजन २०३२ मा ७ लाख सदस्य पूर्याउने लक्ष्य ३ वर्षमै हाँसिल गर्ने उद्घोष गरे, समारोहमा बरिष्ठ स्काउटर प्रा. गोबिन्द नारयाण ज्यापू, तदर्थ समिति सदस्य बिजेंद्र ध्वजू , बिभिन्न नगरका स्थानीय स्काउट संयोजकहरु, लगायत CLT का स्काउटरहरु साथै रोभर लिडर, रेञ्जर लिडर, स्काउटरहरु र बिभिन्न क्यूका रोभर, रेञ्जरहरुको बाक्लो उपस्थित रहेको थियो।

मुल समारोह संगै, प्रदेश स्काउट कार्यालयहरु, स्थानीय स्काउट कार्यालयहरू र एकाईहरूको आयोजनामा देशभरीनै बिभिन्न कार्यक्रम गरी ७१औं स्थापना दिवस मनाइरहेको नेपाल स्काउटका राष्ट्रिय संयोजक भण्डारीले जानकारी दिनुभयो।






