• TOKHA LIVE

    • २ असार २०७९, बिहीबार १८:५०

    काठमाडौंमा चुनाव लड्ने घोषणा गर्दै रवि लामिछाने

    टाेखालाइभ डट कम/ असार २,२०७९

    काठमाडौं/टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने आजैको मितिबाट राजनीतिमा होमिएको घोषणा गर्दै ग्यालेक्सी फोर के टेलिभिजनबाट विदा भएका छन् । उनले बिहीबार एक भिडियो सामग्री मार्फत आगामी ७ गते राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर औपचारिक जानकारी दिने लामिछानेले बताएका छन् ।

    साथै उनले काठमाडौंबाट निर्वाचनमा सहभागी बन्ने बताएका छन् । ग्यालेक्सीको कार्यालयमा आयोजित विदाई कार्यक्रममा टेलिभिजनका कर्मचारीहरुसँग बोल्दै लामिछानेले अहिलेसम्म जनताको समस्या सुनेको र अब भने समस्या समाधान गर्ने भूमिकामा जान चाहेको बताए ।लामिछाने कुनै दलमा आवद्ध भइसकेका छैनन् ।

    उनले नयाँ दल खोल्छन् वा स्वतन्त्र उम्मेदवारी दिन्छन् भन्ने खुलेको छैन । उनले भने, ‘काठमाडौंको कुनै एउटा क्षेत्रबाट चुनाव लड्छु । कुनै क्षेत्रबाट लड्ने ? दल बनाएर लड्ने कि स्वतन्त्र उम्मेदवारका रुपमा भन्ने पनि त्यही दिन भन्छु ।’ लामिछानेले काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट संघीय निर्वाचन लड्ने तयारी थालेका छन् । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका नजिक रहेका उनले काठमाडौंबाटै चुनाव लड्ने तयारी गरे पनि गगन थापासँग क्षेत्र नम्बर ४ मा लड्ने वा अर्कै क्षेत्र रोज्ने भन्ने टुंगो लागिसकेको छैन ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै