टाेखालाइभ डट कम/असार १,२०७९
काठमाडौं /टाेखामा एक पछि अर्को गर्दै विकास निर्माणका कामहरु तीब्र गतिमा भैरहेका छन् । यसै सिलसिला टाेखा नगरपालिका वडा ३ स्थित महत्त्वपूर्ण पुर्वाधारको रूपमा रहेको टोखा सरस्वती स्वास्थ्य चौकी निर्माणको लागी आज नगरप्रमुख प्रकाश अधिकारीले शिलान्यास सम्पन्न गर्नुभएको छ।

टोखा नगरपालिका वडा नं ३ मा रहेको प्राचीन श्री सरस्वती मन्दिर परिसरमा रहेको टोखा सरस्वती स्वास्थ्य चौकी टाेखामा
गौरवमय इतिहास बोकेको स्वास्थ्य केन्द्र हो।
स्वास्थ्य चौकी निर्माणको लागि बागमती प्रदेश सरकार , टाेखा नगरपलिका र टोखा नगरपालिका वडा ३ को बिशेष पहलमा बजेट विनियोजन गरेपछि टोखा सरस्वती स्वास्थ्य चौकी निर्माणको ससुख्य: टाेल विकास संस्थाले निर्माण सुरु गर्न लागेको हो।

टाेखा सरस्वती स्वास्थ्य चौकीको तत्कालीन अधिराजकुमारी प्रेक्षा लक्ष्मी देवि शाहको बाहुलीबाट नेपाल परिवार नियोजन संघद्वारा संचालित दिवा शिशु स्याहार केन्द्र भवनको रूपमा २०४२ साल असोज ८ गते शिलान्यास भै तत्कालीन अधिराजकुमार धिरेन्द्र वीर विक्रम शाह देवको बाहुलीबाट उक्त शिशु श्याहार केन्द्र भवनको २०४३ असोज १५ गते समुदघाटन सम्पन्न भएको थियो । ‘दिवा शिशु स्याहार केन्द्रको रुपमा स्थापना भएको सो भवन तत्कालीन पन्चायतकाल विघटन भए पछि बहुदलीय व्यवस्था आए पछि टोखा सरस्वती स्वास्थ्य चौकीको रुपमा रुपान्तरण भएको थियो । टाेखा नगरपालिका वडा २ को टाेखा चण्डेश्वरी स्वास्थ्य चौकी हाल प्रादेशिक अस्पतालको रूपमा संचालनमा छ।

कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले
टाेखा नगरपालिकाको समग्र क्षेत्रको विकास र समृद्धिका लागि नगरपालिकाले कार्य गरिहेको बताउदै टोखा सरस्वती स्वास्थ्य चौकी निर्माणले टाेखा नगरवासीको पहिलो प्राथमिकता भित्र रहेको स्वास्थ्यसंग अत्यन्तै संवेदनशील सम्बन्ध रहेको स्वास्थ्य चौकी निर्माणले टाेखा नगरपालिकाका आम जनता नगर वासीलाई अत्यधिक प्रविधि प्रयोग गरि स्वास्थ्यको पहुचमा ल्याउन महत्वपूर्ण सहयोग पुर्याउने बिश्वास ब्यक्त गर्नुभयो।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले नगरबासीहरुको माग र चाहना बमोजिम नगरपालिकाले टाेखा नगरपालिकाको अत्यन्तै सरोकार राख्ने स्वास्थ्य जस्तो महत्त्वपूर्ण बिषयमा जनताको माग बमोजिम सरल र सर्वसुलभ सेवा उपलब्ध गराउन स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो।

कार्यक्रममा टोखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोलले प्राचीन श्री सरस्वती मन्दिर परिसरमा रहेको टोखा सरस्वती स्वास्थ्य चौकी भवन निर्माणले टाेखाका आम नगरवासीको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खेलबाड नगरी बालबालिका , गर्भवती , भिन्न रुपले सक्षम मानव, जेष्ठ नागरिकलाई पहिलो प्राथमिकमा राखेर स्वास्थ्य जस्तो महत्त्वपूर्ण बिषयमा जनताको माग बमोजिम सरल र सर्वसुलभ सेवा पुर्याउन स्वास्थ्य चौकी निर्माण पछि सेवाग्राहीहरु लाभान्वित हुने बताउनुभयो ।
स्वास्थ्य चौकी निर्माणले सरस्वती मन्दिर आगन फराकिलो हुनको साथै हाल अव्यवस्थित साघुरो ठाँउलाई सरस्वती स्वास्थ्य चौकी निर्माण पछि केहि हदसम्म सेवा ग्राहीलाई वडामा र स्वास्थ चौकीमा आउनु हुने नगरवासीलाई सहजिकरण हुने ससुख्य: टाेल विकास संस्थाका अध्यक्ष हरिमान श्रेष्ठले बताउनुभयो ।

टाेखा सरस्वती स्वास्थ्य चौकी निर्माणको लागि उपभोक्ता समितिमा ससुख्य: टाेल विकास संस्थाले टोखा नगरपालिकामा सम्झौता गरी, ढल निकास तथा विविध पूर्वाधारहरुलाई मध्यनजर गरि निर्माण गर्न लागेको स्वास्थ्य चौकी भवन ३ तले मौलिकपना झल्कने बताएको छ।
कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी,नगर उपप्रमुख मुरारी तामाङ,टोखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोल , वडा सदस्यहरु हरिभक्त श्रेष्ठ , शान्ता राई , हरिकृष्ण श्रेष्ठ , सचिव सानू श्रेष्ठ ,टाेखा नगरपालिका स्वास्थ शाखा प्रमुख रनलाल कुलाल, टाेखा नगरपालिका कानुनी सल्लाहकार बेखा नारायण डंगोल, टोखा सरस्वती स्वास्थ्य चौकी पुर्व प्रमुख सुर्यलाल श्रेष्ठ ,इन्जिनियर शान्ता काजी श्रेष्ठ, टोखा सरस्वती स्वास्थ्य चौकीका इन्चार्ज सन्जिब पत्तेल ,राजनीतिज्ञ गजराज श्रेष्ठ , टाेखा सरस्वती गाबिस पुर्व प्रधानपञ्च सिद्धीलाल श्रेष्ठ ,टोखा सरस्वती स्वास्थ्य चौकीका कर्मचारी , स्वास्थ्य स्वयं सेविकाहरु,टोखा नगरपालिका ३ का कर्मचारीहरु,ससुख्य: टाेल विकास संस्थाका पदाधिकारीहरु लगायत विभिन्न राजनीतिक दलका महानुभावहरुको उपस्थिति रहेको थियो ।

