नविना श्रेष्ठ/टाेखालाइभ डट कम
जेठ २५,२०७९
काठमाडौ महानगरपालिका शिक्षा बिभागको आयोजना र नेपाल स्काउट,बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौ महानगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालित स्काउट आधारभूत तालिम अन्तराष्ट्रिय तालिम केन्द्र ककनीमा सम्पन्न भएको छ। (४८८औ BTC कोर्षका कोर्ष लिडर सुरज खनाल र ४८९औ BTC कोर्षका कोर्ष लिडर कृष्ण चालिसे रहनु भएको थियो। भने ३५७औ PTC कोर्षका कोर्ष लिडर काठमाडौ महानगरपालिका स्थानीय स्काउट संयोजक बिमला श्रेष्ठ र ३५८औ PTC कोर्षका कोर्ष लिडर लिला श्रेष्ठले गरेकी हुन् ।
सो तालिममा काठमाडौ महानगरपालिका भित्रका बिभिन्न सामुदायिक बिद्यालयका ८९ जना शिक्षक र शिक्षिकाहरुको सहभागिता रहेको छ। कार्यक्रमको सभाध्यक्षमा काठमाडौं महानगर शिक्षा अधिकारी राम प्रसाद सुवेदीको रहेको थियो। भने प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी साथै विशेष अतिथि नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई उपस्थित रहेको थियो। सहभागि प्रशिक्षार्थीले ५ रात ६ दिन सम्म तालिमको अनुभव यसरी प्रस्तुत गरेका थिए।

गल्स तर्फबाट देवकी पाण्डे र व्यइज तर्फबाट हेमराज आचार्यले स्काउटको तालिम अरु तालिम भन्दा गाह्रो तर जीवन उपयोगी र मानव जीवनमा यस्ता तालीम नभई नहुने रहेछ ,आफुले धेरै तालिम लिसकेको तर स्काउटको तालिम जस्तो कुनै तालिम नलिएको भन्दै खुसी व्यक्त गरेका थिए। हामीलाई स्काउटको तालिम यतिले मात्र पुगेन अझै यो भन्दा एडभान्स तालिमको आवश्यकता रहेको माग गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउट राष्ट्रिय संयोजक लोक वहादुर भण्डारीले एक घर एक स्काउटको नारा बोकि ७५३ वटा पालिका सम्म स्काउट पुर्याउने अभियानले स्काउट तालिमहरु गर्दै आएको बताए। सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्काउटमा जोड्नको निम्ति सामुदायिक विद्यालय कै शिक्षकहरूलाई स्काउट तालिम दिँदै आएको जानकारी दिनुभयो।
नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई, बागमती प्रदेशका संयोजक शिव राम अर्याल,कोर्ष लिडर सुरज खनाल,बिमला श्रेष्ठले सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिइएका थिए। त्यस्तैगरी, कर्णाली प्रदेशका संयोजक कमल बोहरा, सुदूरपश्चिम प्रदेशका संयोजक नरेन्द्र थापा, लुम्बिनी प्रदेशका संयोजक दिनानाथ भट्टराई, गण्डकी प्रदेशका संयोजक आशिर्वाद सुवेदी, बागमती प्रदेशका पूर्व संयोजक प्रदेश सल्लाहकार केश रत्न बज्राचार्य, प्रदेश सदस्यहरु श्याम पुडासैनी,शरण मर्हजन लगायत काठमाडौं महानगर शिक्षा शाखाका लेख अधिकृत तोयेन्द्र राज सापकोटा, ललितपुर महानगरपालिकाका संयोजक गोपाल महर्जन, सदस्य सत्य नारायण शाही लगायत विभिन्न प्रदेशका संयोजकहरुको बाक्लो उपस्थित रहेको थियो।

उक्त कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षक योगेन्द्र हाडा,प्रमोद सिक्देल शुशिला कुमारी बिष्ट,शिव राज खनाल, वायक्सका कर्मचारी प्रोगाम कोडिनेटर रिजु मानन्धर र प्रशिक्षकमा अब्दुल सलाम मिया साथै काउन्सिलर राम श्रेष्ठ, अस्मिता श्रेष्ठ, नविना श्रेष्ठ, सुमित्रा डंगोल, अन्जना श्रेष्ठ,सुन्तली पौड्याल,मिन लामा,सिद्ध राज कठायत लगायतको तालिम भरि उपस्थित रहेका थिए। तालिमको अन्तिम दिनमा औपचारिकरुपमा कार्यक्रम गरी प्रमुख अतिथि भण्डारीबाट सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको थियो। भने स्काउटको औपचारिक कार्यक्रम नबिना श्रेष्ठले सञ्चालन गरेको थियो। कार्यक्रमको समापन भने काठमाडौँ महानगर शिक्षा अधिकारी रामप्रसाद सुवेदीले महानगरभित्र स्काउट संचालन गर्नमा कुनै समस्या अप्ठेरो परिस्थिति आएमा शिक्षा विभागलाई सम्झन र आफूले सक्दो सहयोग गर्ने समुदाय विद्यालयहरुबाट तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रतिबद्धता जनाए। सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो

