• TOKHA LIVE

    • २१ जेष्ठ २०७९, शनिबार २१:१७

    नेपाल स्काउट,बागमती प्रदेश स्थानीय स्काउटको आधारभूत तालिमको चौथो दिन सम्पन्न

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ २०,२०७९

    काठमाडौ महानगरपालिका शिक्षा बिभागको आयोजना र नेपाल स्काउट,बागमती प्रदेश स्थानीय स्काउट कार्यालय काठमाडौ महानगरपालिकाको प्राविधिक सहयोगमा सञ्चालित स्काउट आधारभूत तालिमको चौथो दिनमा शिक्षा बिभागका कर्मचारीहरुको बाक्लो उपस्थित रहेको छ।

    स्काउटको संगठनात्मक बिकासको लागि शिक्षा बिभाग काठमाडौ महानगरपालिकाको तर्फबाट यथेष्ठ सहयोग रहिरहने प्रतिवद्धता जनाए। सो तालिममा चारवटा कोर्ष सञ्चालन भइरहेको छ । तालिमका कोर्ष लिडरहरु बिमला श्रेष्ठ,लिला श्रेष्ठ,सुरज खनाल र कृष्ण चालिसे रहेकाे छ।

    शिक्षा बिभागका उप निर्देशक सरस्वती पोखरेलले काठमाडौं महानगरपालिकाबाट तालिममा सहभागी हुन भएका सम्पूर्ण विद्यालयका प्रशिक्षकहरुहरुलाई बधाई तथा शुभकामना दिइएका थिए। भने काठमाडौं महानगरपालिकामा स्काउटको तालिम इतिहासमै पहिलो कोसे ढुङ्गाको रुपमा सावित हुने प्रतिबद्धता जनाए।

    शिक्षा बिभागका कर्मचारीहरुमा उप निर्देशक सरस्वती पोखरेल, शिक्षा अधिकृत आठौं तारापति पोखरेल , शिक्षा अधिकृत आठौं मोतिराम खरेल, शिक्षा अधिकृत छैठौं लक्ष्मी पौडेल, शिक्षा अधिकृत छैठौं धन कुमारी भण्डारी, शिक्षा अधिकृत छैठौं लक्ष्मी अधिकारी, शिक्षा प्राबिधिक सहायक प्रल्हाद खतिवडा, शिक्षा स्रोत ब्यति डा.शर्मिला पोखरेल, चालक राम शरण भट्टराई, स्काउट बि.टि.सि र पनि.टि.सि तालिममा उपस्थित रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै