• TOKHA LIVE

    • १८ जेष्ठ २०७९, बुधबार १५:१०

    मध्यपुर ठिमि नगरपालिका,भक्तपुरका स्थानीय स्काउटका संरक्षक र प्रमुख स्काउटको दीक्षान्त

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ १८,२०७९

    मध्यपुर ठिमि नगरपालिका, भक्तपुरका स्थानीय स्काउटका संरक्षक र प्रमुख स्काउटको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्पन्न भएको छ । नवनिर्वाचित पालिकाका प्रमुख र उपप्रमुखलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो।

     

    समारोहमा आफ्नो मन्तव्य राख्दै मध्यपुर ठिमि नगरपालिकाका स्थानीय स्काउटका संरक्षक, नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर ठिमिमा स्काउटको योगदान सदैव अतुलनीय रहेको र आउदा दिनमा स्काउटसँग नगरपालिकाले स्काउटसँग सहकार्य गर्दै समृद्धिको बाटोमा अग्रसर हुने बताए।

    कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्काउटिंग शिक्षाको माध्यामबाट मात्र असल समाजको निर्माण सम्भव भएकाले यसको विकास र विस्तारमा लाग्न नगर प्रमुख उपप्रमुख र स्थानीय स्काउटलाई आग्रह गरेका छन्।

    कार्यक्रममा मध्यपुर ठिमि नगरपालिका उपप्रमुख एवं स्थानीय स्काउटका प्रमुख स्काउट बिजयकृष्ण श्रेष्ठले मध्यपुर ठिमिको हरेक बिद्यालयमा स्काउट बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै