• TOKHA LIVE

    • १८ जेष्ठ २०७९, बुधबार १३:३०

    बालकोटमा बा र बालेन !

    टाेखालाइभ डट कम/ जेठ १८,२०७९

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) बीच मत गणनाको अन्तिम मतपरिणाम नआउँदै बालकोटमा भेटवार्ता भएको खुलेको छ।

    काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन साह)ले अन्तिम निर्वाचन परिणाम आउनु अघि नै अध्यक्ष ओलीसँग भेट गरेको तस्वीर अहिले सामाजिक संजालमा सार्वजनिक भएको हो।

    बालेनले निर्वाचित भएलगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई भेट गरेको भन्दै आलोचना भइरहेका बेला उनले अन्तिम मतपरिणम आउनु अघिल्लो दिन नै अध्यक्ष ओलीसँग भेट गरेको रहस्य खुलेको हो। ​

    अन्तिम निर्वाचन परिणाम आउनु अघि नै बालेनसहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेको अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार उनीहरुले केहीबेर सामूहिक भेटघाट गरेको र त्यसपछि दुईजनाबीच एक्ला एक्लै भेट भएको थाहा खबरले समाचारमा जनाएको छ।

    बालेन बालकोट पुग्दा मतगणना बाँकी रहेपनि जित निश्चित भइसकेकोले अध्यक्ष ओलीले शुभकामना दिएका थिए। आफूले मेयरमा जित्ने निश्चित भएपछि दलका नेताहरु मध्ये पहिलो पटक अध्यक्ष ओलीलाई भेट्न बालकोट आएको बालेन समूहले बताएको थियो।

    काठमाडौं महानगरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर बालेनले केही सुझाव मागेको पनि बालकोट स्रोतले जनाएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै