• TOKHA LIVE

    • ७ जेष्ठ २०७९, शनिबार ०९:५४

    बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीको पहिलो संबोधन : भ्रस्टचारीलाई कारवाही गर्छु।

    टाेखालाइभ डट कम
    काठमाण्डौ , जेष्ठ ७,२०७९

    बुढानिलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले पहिलो संवोधन नगरपालिकामा हुने गरेको भ्रस्टचारलाई प्रमुख मुद्दा बनाएका छन। बुढानिलकण्ठ नगरपालिकामा भएको जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा बोल्दै अधिकारीले अख्तियार दुरुपयोग आयोग तर्फ संकेत गर्दै नगरपालिका कारवाही गर्ने निकायको निगरानीमा रहेकोले नराम्रो काम नगर्न आग्रह गरेका थिए।

    नगरपालिकाले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई कारवाही गर्ने बताउदै उनले कर्मचारी र जनप्रतिनिधिहरुका वारेमा भ्रस्टाचारका विविध कुराहरु आफुले सुनेको बताएका थिए।

    बुढानीलकण्ठ भगवानको नाममा आफुले कसम खाएको भन्दै अधिकारीले नगरपालिकामा हुने कुनै पनि कुसासन र गलत आचरणका कामहरु आफुलाई सह्य नहुने धारणा राखेका थिए।

    जनतालाई सहज सेवा दिनका लागि दिनरात नभनी २४ सै घण्टा जनताको सेवामा लाग्न सबै निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिदै अधिकारीले टिकट ल्याउन र चुनाव जित्न गरेको मेहेनत जस्तै उर्जा अवको दिनमा जनताको सेवा गर्नमा लाउनुपर्ने बताएका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै