• Sanu Raj Dangol

    • ५ जेष्ठ २०७९, बिहीबार २१:००

    जन्मदिनको अवसरमा टाेखाको भिम श्री परिवारद्वारा आर्थिक सहयोग

    टाेखालाइभ डट कम/जेठ ५,२०७९

    काठमाडौं / नेपाली विशिष्ट माटाेमा परिवार सुखी हुनु नै समृद्धिको परिचय हो। भन्ने मुल मर्म अनुरुप जन्मदिनको अवसरमा टाेखाको भिम श्री परिवारका घर मुलि भिन्देव डंगाेलको ७३ औं जन्मदिनको शुभ अवसरमा आर्थिक सहयोग प्रदान गरिएको छ।

    भिम श्री परिवारका घर मुलि भिन्देव डंगाेलद्वारा टाेखामा आयोजना गरिएको सो कार्यक्रममा टाेखाका मुल नाइके हेमराज श्रेष्ठलाई जात्रामात्रा संचालनार्थ ५० हजार रकम आर्थिक सहयोग प्रदान गर्नुभएको छ।

    वि.सं.११९८ सालको रैतीलाई दिने पुर्जाको आधारबाट सर्पट नापी डाेर नं ५९ मौजा टाेखा हकदार मुल नाइके उल्लेख भएको प्रमाण पाइन्छ।
    हाल टाेखाका मुल नाइके हेमराज श्रेष्ठको नायक्त्वमा भजन तथा बाजागाजा , बिस्का: जात्रा,सिठी नख:,ह्वगंजात्रा, गठेमंगल, हिलोफाल्ने,कुमारी पुजा,बिजया दशमी( मोहनी नख:),तलेजु मन्दिर बलि दिने पुजा,खड्ग जात्रा, बज्रयोगिनी ,तलेजु गुथी , कथ्व गुथी ,झ्यालिन्चा गुथी र हिलेजात्रा गुथी लगायत टाेखाका मुल नाइके हेमराज श्रेष्ठ र नायमा सेते डंगोलको रेखदेखमा विविध चाडपर्वहरु संचालन हुँदै आइरहेको छ।

    कार्यक्रममा श्री इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोलले टाेखाको मौलिक परम्परा निरन्तर संचालन गरिरहनुहुने मुलनाइके हेमराज दाइ मार्फत भिन्देव मामाले आर्थिक रकम हस्तान्तरण गर्नुभएकोमा अत्यन्तै सराहनीय भएको उल्लेख गर्दै वहाँको स्वास्थ्यलाभको कामना गर्नुभयो ।

    मुल नाइके हेमराज श्रेष्ठले टाेखामा अग्रजहरुले मुलनाइकेले गर्ने विविध चाडपर्वहरु संचालन गर्न नसक्दा अनेक तनाव झेल्दै दयनीय अवस्था भोग्नुपरेको तितो यथार्थ उहाँले बताउनुभयो। मुलनाइके श्रेष्ठले आफुले मुलनाइकेको भुमिका सम्हाल्दै गर्दा बुबाले आफ्नै पुर्खाहरु मुलनाइके संचालन गर्न नसकेर माग्ने भैसक्यो भन्ने वचन दिएको सुनाए ।

     

    जेहोस् मुलनाइके हेमराजले अहिलेसम्म जात्रामात्रा चलाउन सकेन भनेर कसैसंग हारगुहार नगरेको बताए। बुढापाका, युवाहरूले अहिले मैले गरेको काम देखेर हेमराजदाइले धेरै राम्रो काम गर्नु भयो भनेर तारिफ गर्ने गरेको श्रेष्ठले बताउनुभयो । आज भिन्देव मामाले आफ्नो जन्मदिनको अवसर मार्फत मुलनाइकेको खर्चबर्चको समस्या भयो कि भन्ने मनसायले उहाँ ले दिनुभएको आर्थिक सहयोगको लागि हृदय देखि नै हर्षित छु।” तर उहाँले दिनुभएको रकम संचित गर्दै विविध सांस्कृतिक पर्व चलाउन पुर्ण सदुपयोग गर्नेछु।” – भन्नुभयो । साथै उहाँले भिन्देव डंगोलको दिर्घायु सु- स्वास्थ्यको शुभकामना व्यक्त गर्नुभयो ।

    भिम श्री परिवारका घर मुलि भिन्देव डंगाेलद्वारा आर्थिक सहयोग प्रदान गरिएको उक्त कार्यक्रम डंगोलका जेठो छोरा टाेखाका समाजसेवी तथा सम्पदा अभियन्ता मनिराज डंगोल,माइला छोरा राजनीतिकर्मी सुशान्त डंगोल , कान्छा छोरा साहित्यकार प्रशान्त डंगोल , श्री इन्द्रायणी दापा खलका अध्यक्ष नाति डंगोल , मुल नाइके हेमराज श्रेष्ठ र पत्रकार लगायतको उपस्थिति रहेको थियो।

    भिम श्री परिवारका घर मुलि भिन्देव डंगाेलद्वारा १० वर्ष अघि टाेखाकै सांस्कृतिक नेतृत्व गरिरहेको श्री इन्द्रायणी दापा खल:टाेखालाई ३ आना जग्गा समेत प्रदान गर्दै समाजसेवाको अनुपम उदाहरणीय भुमिका निर्वाह गर्नुभएको थियोे ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै