नविना श्रेष्ठ/टाेखालाइभ डट कम
जेठ ,२०७९
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार आकास धिताल विजयी भएका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार बनेर वडा सदस्यमा निर्वाचित भएका धितालले यस पटक पार्टीले अन्याय गर्दै टिकट नदिए पछी स्वतन्त्र उम्मेद्वारी दिइएको थियो।
२०७९ को निर्वाचनमा धितालले ५१२ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरेका छन।
वडा सदस्यहरूमा नेकपा एमालेका सुशिला रम्तेल, विकास तामाङ लामा, विक्रम राज श्रेष्ठ विजयी भएको छ।

