• TOKHA LIVE

    • २ जेष्ठ २०७९, सोमबार ०५:२७

    टाेखा नगरपालिका वडा नं. ३ मा नेकपा एमालेका अध्यक्ष सहित ३ सदस्य बिजयी

    टाेखालाइभ डट कम
    जेठ २ काठमाडौं।

    काठमाडौँ/ टाेखा नगरपालिका वडा ३ मा नेकपा एमालेको ३ सदस्य सहित निर्वाचित भएको छ ।

    शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रमेश डंगोलको टिम विजयी भएको हो ।निर्वाचित हुनेमा महिला सदस्य शान्ता राई , दलित महिला सदस्य देविमाया नेपाली, खुल्ला सदस्य हरि कृष्ण श्रेष्ठ बिजयी भएका छन् ।त्यस्तै  नेपाली कांग्रेसका खुल्ला सदस्य हरिभक्त श्रेष्ठ बिजयी भएका छन् ।

    रमेश डंगोलले १५७० मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश जोशीले १३२८ मत ल्याएका छन् ।

    टाेखा ३ मा सूर्यमा मेयरले १५०१  रुखमा मेयरले १४५८  रहेको छ।
    सुर्यमा उपमेयरले १३५७ रुखमा उपमेयरले १६५१ मतमात्र प्राप्त गरेको छ।टाेखा ३ मा जम्मा ३९२३ मत खसेको छ। टाेखा नगरपालिका वडा ३ अन्तिम मतपरिणाम यस्तो रहेको छ।

    सूर्य                       रुख
    मेयर                 १५०१                      १४५८
    उपमेयर            १३५७                      १६५१
    वडाध्यक्ष           १५७०                      १३२८
    महिला सदस्य     १३६७                      १३३३
    दलित सदस्य      १३६९                      १३५०
    खुला सदस्य        १३००                    १२८३
    खुला सदस्य        १३१४                      १३४३

    Facebook Comments

    छुटाउनुभयो कि? सबै