• TOKHA LIVE

    • ३० बैशाख २०७९, शुक्रबार १९:५८

    टाेखा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

    टाेखालाइभ डट कम/ बैशाख ३०

    काठमाडौँ।टाेखा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। स्थानीय तहको निर्वाचन आज टाेखा नगरपालिका वडा २ र ३मा बिहान ७ बजेदेखि सुरु भएको थियो भने देशभरका मतदान केन्द्रबाट एकसाथ मतदान सुरु भएको हो। आफ्ना जनप्रतिनिधि चुन्न मतदाताहरु बिहानैदेखि लामबद्ध भएर मतदान गरेका थिए। आगामी ५ वर्षका लागि आफ्ना प्रतिनिधि मतमार्फत चुन्न पाउँदा टाेखा नगर बासीहरु उत्साहित र खुसी देखिन्थे।

    टाेखा नगरपालिकाका धेरै जसो मतदाताले यसपाली सक्षम उम्मेदवारलाई मतदान गरेको प्रतिक्रिया दिएका छन्। आज बिहान ७ बजेदेखि सुरु भएको साँझ ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेर मतदाताहरुले नियम पुर्वक पालना गरि आफ्नो अमुल्य मत दिएका थिए । देशभर शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

    टाेखा नगरपालिकामा आज सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनमा काठमाण्डौ जिल्ला टोखा नगरपालिका अन्तर्गत मतदान केन्द्रहरुमा मतदान अधिकृत,
    सहायक मतदान अधिकृत , सहायक कर्मचारी र सहयोगी कर्मचारीहरु गरि १९५ जना कर्मचारी खटाईएको थियो भने टाेखा नगरपालिकामा ४० वटा मतदान स्थलहरुमा हरेक मतदान केन्द्रमा ५ जना कर्मचारीहरु खटिएका थिए ।

     

    आज टाेखा नगरपालिकाका मतदान स्थलहरुमा
    १ वडा ( बाैडेश्वर माबी र पब्लिक बो, स्कुल झोर),२ वडा ( तलेजु क्वाखल: र गूठी घर सतल टाेखा),३ वडा : ( सरस्वती माबी टाेखा र इडु समित स्कुल बानियाँटार टाेखा),४ वडा : ( धापसी नि.मा.बि टाेखा, फैमालचुली ),५ वडा : (श्री समाज सामुदायिक भवन , श्रीटाेल टाेखा),६ वडा : (स्काइ लार्क स्कुल धापसी ),७ वडा : (तिलिङ्गटार माबी , पञ्च कन्या टाेखा),८ वडा : (भुवनेश्वरी मन्दिर गैरी गाउँ टाेखा),९ वडा : (कान्तिपुर ई.बाे.स्कुल , कामना स्कुल टाेखा),१० वडा : (मनोहर माबी, टाेखा),११ वडा : (मनोहरतिर्थ पाटी , टाेखा)मतदान केन्द्र लगायत का केन्द्रमा मतदान गर्न मतदाताहरु उत्साहका साथ लाइन बसी मतदान गरेका थिए । नगर प्रमुख र उप प्रमुखका उम्मेदवारहरुले निर्वाचनको अवस्था बुझ्न नगरका सबै मतदान स्थल पुगेका थिए ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै