नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
काठमाडौं ,बैशाख २९,२०७९
काठमाडौं स्थित सङ्कटा मन्दिर परिसरमा रहेको वडा कार्यालय अगाडि स्थानीय तह निर्वाचनका लागि आज नयाँ मतदाता परिचयपत्र वितरण गरिरहेका थिए। भने टोखा नगरपालिका वडा नं २ मा रहेको वडा वासिन्दाहरू ठूलो लाछि र तलेजु मन्दिर परिसरमा मतदाता परिचयपत्र वितरण गर्ने कार्य सकिसकेको छ । स्थानीय तह निर्वाचनको मतदान बैशाख ३० गते भोलि हुने मतदानको लागि टाेखा नगरपालिकाका विभिन्न मतदान केन्द्र,स्थलको तयारी पूरा भैसकेको निर्वाचन अधिकृतको कार्यालय टाेखा नगरपालिकाले जानकारी दिएको छ।

निर्वाचन आयोगले नयाँ मतदाताहरुका लागि बुधबार र बिहीबार मतदाता परिचयपत्र वितरण गर्ने सूचना जारी गरेको थियो।
पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता तथा परिचयपत्र हराएर निवेदन दिएकाहरुलाई आयोगले नयाँ परिचयपत्र उपलब्ध गराउँदै आएको हो।
आयोगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने जनाएका छन् । स्थानीय तहको निर्वाचनको मतदान वैशाख ३० गते शुक्रबार देशभर हुँदैछ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मङ्गलबारको पत्रकार सम्मेलनमा मतदाता नामावलीमा नाम भएका तर कुनै कारणले मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले आफ्नो नागरिकताबाट पनि मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

