• TOKHA LIVE

    • २७ बैशाख २०७९, मंगलवार २३:३८

    टोखा नगरपालिका स्थानीय तह निर्वाचनको तयारीको लागि पत्रकार सम्मेलन

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    बैशाख २७,२०७९

    टोखा नगरपालिका स्थानीय तहको निर्वाचनको तयारीको लागि आज साझ मेयर रजनी थापा, उपमेयर मुरारी तामाङको उम्मीदवारीले नगर,क्षेत्र ,इकाई वडाका सबै नेपाली कांग्रेसका व्यक्तित्वहरुलाई साथमा राखि पत्रकार सम्मेलन आयोजना गरेको छ ।

    टोखा नगर केवल एउटा नगर मात्र होइन पहिचान र सभ्यता बोकेको जिवन्त धरोहर पनि हो। त्यसैले विकासलाई हामीले भौतिक पूर्वधार र अभौतिक विकास गरी दुई भागमा बुझेका छौं दुवैथरी विकासले मात्रै समग्रमा विकास हासिल गर्न सकिन्छ। नगरभित्र सुशासन पारदर्शीता हाम्रो मूल मंत्र हुनेछ। सुशासन र पारदर्शिता कायम गरेमा विकासको गतिलाई तीव्र बनाउन सकिन्छ भन्ने कुरा प्रेश विज्ञप्तिमा उल्लेख छ।

    प्रेश विज्ञप्तिमा प्रतिबद्धता र कार्यक्रमहरु कार्यान्वयन गर्दा नेपाली कांग्रेस पार्टीको आदर्श सिद्धान्त र घोषित नीतिहरुमा आधारित भएर अघि बढ्ने प्रण गरेको साथै  पार्टीको एजेण्डा बोकेर जनताको घरदैलो सम्म पुग्दा प्राप्त समर्थन सदभाब र शुभकामनाले सुनिश्चित भएको महसुस गर्दै चुनावी अभियानको अन्तिम स्वरुप कार्यक्रम आयोजना गरेको मेयरको उम्मेदवार रजनी थापाले बताइन्।

    कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले कोर्नु भएको प्रजातान्त्रिक समाजवादको गोरेटोलाई गन्तब्यसम्म पुर्याउन युवाहरूको महत्वपूर्ण भूमिका रहेको र तथ्यलाई गहिरोसँग बुझेको बताए। प्रेश विज्ञप्तिमा सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला मंगलादेवी सिंह महेन्द्र नारायण निधि शैलजा आचार्य र शुसिल कोईराला जस्ता आदर्श नेताहरूको सिंगो जीवन समर्पण गरेर निर्माण गरेको पार्टीको लागि अहिलेको पछिल्लो पुस्ताको काम हरेक दृष्टिले अब्बल हुनुपर्छ भन्ने कुरामा आफूहरु सचेत रहेको पनि बताइन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै