• TOKHA LIVE

    • २७ बैशाख २०७९, मंगलवार ०७:४८

    टाेखा नगरपालिकाका कुन वडामा कति छन मतदाता ? ( मतदान केन्द्रको सुची सहित )

    टाेखालाइभ डट कम
    काठमाण्डौ ,बैशाख २७,२०७९

    मिति २०७९ साल बैशाख ३० गते हुन गईरहेको स्थानीय तह सदस्य निर्वाचनमा काठमाण्डौ जिल्ला टोखा नगरपालिका अन्तर्गत मतदान केन्द्रहरुमा मतदान अधिकृत,
    सहायक मतदान अधिकृत , सहायक कर्मचारी र सहयोगी कर्मचारीहरु गरि १९५ जना कर्मचारी खटाईएको छ।टाेखा नगरपालिकामा ४० वटा मतदान स्थलहरु सञ्चालन हुनेछ । हरेक मतदान केन्द्रमा ५ जना कर्मचारीहरु खटिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

    टाेखा नगरपालिकामा कुन-कुन वडामा कति जना मतदाताहरु छन् ?

    १ वडा : पुरुष मतदाता १५४० ,महिला मतदाता १४८६,
    कुल मतदाता ३०२६ ( बाैडेश्वर माबी र पब्लिक बो, स्कुल झोर)

    २ वडा : पुरुष मतदाता १७०७ ,महिला मतदाता १८००, कुल मतदाता ३५०७ ( तलेजु क्वाखल: र गूठी घर सतल टाेखा)

    ३ वडा : पुरुष मतदाता २३४६ ,महिला मतदाता २५९६, कुल मतदाता ४९४४ ( सरस्वती माबी टाेखा र इडु समित स्कुल बानियाँटार टाेखा)

    ४ वडा : पुरुष मतदाता ११३५ ,महिला मतदाता १२६६, कुल मतदाता २४०१ ( धापसी नि.मा.बि टाेखा, फैमालचुली )

    ५ वडा : पुरुष मतदाता ११८८,महिला मतदाता १४००, तेस्रो लि. १, कुल मतदाता २५८९ (श्री समाज सामुदायिक भवन , श्रीटाेल टाेखा)

    ६ वडा : पुरुष मतदाता १५३५,महिला मतदाता १६९०, तेस्रो लि. १, कुल मतदाता ३२२६ (स्काइ लार्क स्कुल धापसी )

    ७ वडा : पुरुष मतदाता १४६२,महिला मतदाता १५६३, तेस्रो लि. १, कुल मतदाता ३०२५ (तिलिङ्गटार माबी , पञ्च कन्या टाेखा)

    ८ वडा : पुरुष मतदाता १५१०,महिला मतदाता १६८८, तेस्रो लि. १, कुल मतदाता ३१९९ (भुवनेश्वरी मन्दिर गैरी गाउँ टाेखा)

    ९ वडा : पुरुष मतदाता १४२५,महिला मतदाता १५०३, कुल मतदाता २९२८ (कान्तिपुर ई.बाे.स्कुल , कामना स्कुल टाेखा)

    १० वडा : पुरुष मतदाता ११९९,महिला मतदाता १३५९, कुल मतदाता २५५८ (मनोहर माबी, टाेखा)

    ११ वडा : पुरुष मतदाता १५१७,महिला मतदाता १७५६, कुल मतदाता ३२७३ (मनोहरतिर्थ पाटी , टाेखा)

    टाेखा नगरपालिकामा पुरुष मतदाता १६,५६४ , महिला मतदाता १८,१०९ र तेस्रो लि. ३ गरि जम्मा मतदाता ३४,६७६ रहेका छन् ।
    स्रोत / निर्वाचन आयोग

    Facebook Comments

    छुटाउनुभयो कि? सबै