• TOKHA LIVE

    • २६ बैशाख २०७९, सोमबार २१:२१

    टोखामा स्थानीय विषयअन्तर्गत नेपालभाषा राख्ने निर्णय

    नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
    बैशाख २६,२०७९

    टोखा नगरपालिकामा स्थानीय विषय यसै बर्ष २०७९ साल देखि कक्षा १ देखि ३ सम्म लागु गर्ने निर्णय गरिएको छ।

    टोखा न.पा वडा नं २ र ३ को वडा कार्यालयमा सरकारी र निजि विद्यालयका प्रधानाध्यापकहरुसंग नेवा ग्वाहाली पुचका अध्यक्ष दिपेन्द्र डंगोल, मातृभाषा संरक्षण अभियानका संयोजक एवं नेवा: राजनिति अभियानका अध्यक्ष श्रीकृष्ण मानन्धर, हलिं नेवा: गुथि टोखा, टोखा युवा क्लब, मू. ध्वाखा विकास समिति , टोखा परम्परागत चाकु संरक्षण समाज, नेपालभाषा क्लव, टोखा लगायत सम्पूर्ण नेपालभाषाप्रति शुभचिन्तकहरु लगायत जनप्रतिनिधिहरुको उपस्थितिमा यसै बर्ष २०७९ देखि कक्षा १ देखि ३ कक्षा सम्म मातृभाषा अध्ययन कक्षा सुरु गर्ने निर्णय गरिएको छ।

    स्थानीय विषय अन्तर्गत ५०% ले नेपाल भाषा विषय राख्ने निर्णय गरेको मातृभाषा संरक्षण अभियानका संयोजक श्रीकृष्ण मानन्धरले जानकारी दिएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै