• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • २२ बैशाख २०७९, बिहीबार १८:३३

    मैले आफ्नो पेसाले जति पनि कमाए समाज सेवामा नै खर्च गरे मलाई भ्रस्टाचार गरि मर्नु छैन:रमेश डंगोल 

    टाेखालाइभ डट कम
    काठमाडौं, बैशाख २२,२०७९

    टाेखा नगरपालिका वडा नं ३ का नेकपा एमाले उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त रहेका छन्।स्थानीय तहको निर्वाचन आउन अब ८ दिन मात्र बाँकी रहेको छ । देश यती खेर स्थानीय तहको निर्वाचनमा होमिएको छ । निर्वाचन नजिकिदै गर्दा टाेखा नगरपालिका वडा नं ३ मा पनि नेकपा एमालेका उम्मेदवारहरुहरु आफ्नो ३ वडामा अत्यधिक बहुमतका साथ बिजय हासिल गर्ने लक्ष्य सहित आफ्नो वडा फरक ढंगले विकास निर्माण गर्नको लागि जोडतोडले प्रतिवद्धतापत्र सहित
    जनताको घरदैलो अभियानमा होमिएका छन् ।

    शिक्षा ,स्वास्थ्य , कृषि ,खानेपानीको मुख्य एजेन्डा ,महिला बालबालिका तथा ज्येष्ठ नागरिक संरक्षण , भौतिक पूर्वाधार निर्माण , विकास,संस्कृति , सम्पदा तथा पर्यटन प्रबर्द्धन ,यूवा तथा खेलकुद बिकास ,विद्यमान यातायातको समस्याको समाधान ,वातावरण तथा पर्यावरण जोगाउने जस्ता महत्वपूर्ण एजेन्डा बोकि आफ्नो घोषणा पत्र घर घरमा सुनाउँदै र मतदाताहरुको गुनासाहरु सुन्दै आइरहेका टाेखा ३ नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार रमेश डंगोल भन्छन् ।” आदरणीय मतदाताहरुले यस पटक आफ्नै स्वविबेक प्रयोग गरि सुर्य चिन्हमा मतदान गर्दै सभ्य सांस्कृतिक र सुन्दर टाेखा नगर निर्माणमा हातेमालो गर्दै साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। मैले आफ्नो पेसाले जति पनि कमाए समाज सेवामा नै खर्च गरे । मलाई भ्रस्टाचार गरि मर्नु छैन।”

    उहाँले समाज र जनताको निस्वार्थ सेवा गर्ने उदेश्यले यस पटक टाेखा नगरपालिका नेकपा एमालेका उम्मेदवार
    मेयरमा प्रकाश अधिकारी उपमेयरमा ज्ञानमाया डंगोल लगायत टाेखा नगरपालिका वडा ३ का नेकपा एमाले उम्मेदवार आफु वडाअध्यक्षमा रमेश डंगोल,महिला सदस्य शान्ता राई , दलित महिला सदस्य देविमाया नेपाली , खुल्ला सदस्य कृष्ण प्रसाद रिमाल , खुल्ला सदस्य हरिकृष्ण श्रेष्ठ लगायत आफ्नो पार्टीलाई विजयी गराउन हुन वडावासी मतदाताहरुसंग हार्दिक अनुरोध गर्नुभयो ।

    टाेखा नगरपालिका वडा ३ मा नेकपा एमालेले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा वडामा रहेको उप स्वास्थ्य चौकीमा भौतिक तथा मानविय श्रोत साधनको अभिवृद्धि गर्दै प्रयोगशाला समेत सञ्चालन गरी सेवा प्रदान गरिने,शिक्षाबाट वञ्चित हुन पुगेका बालबालिकाहरुको पहिचान गरी विद्यालय आउने वातावरण बनाउन विशेष योजना ल्याइने, निरक्षरलाई साक्षर बनाउने उद्देश्यले अनौपचारिक कक्षाहरु सञ्चालन गरिने,प्रत्येक घरबाट निस्कने फोहरलाई प्राङ्गारिक मल बनाउन र कौशी खेती गर्नको लागि तालिमको व्यवस्था गरिनेछ ।शिवपुरी जलाधार क्षेत्रमा रहेको पानीको प्राकृतिक श्रोतको पहिचान तथा उचित व्यवस्थापन गरिने,
    उपलब्ध भएका डिप बोरिङ्गलाई उचित व्यवस्थापन सहित आवश्यकता अनुसार थप डिप बोरिङ्ग गरी स्वच्छ खानेपानी वितरण गरिने,ज्येष्ठ तथा अशक्त नागरिकहरुको लागि विश्रामस्थल तथा सेवा केन्द्रहरु निर्माण गरिने,
    बालबालिकाहरुको शारीरिक तथा वौद्धिकस्तर वृद्धिको लागि बालक्लब र उद्यानहरुको उचित व्यवस्थापन गरिने,
    वृद्ध–वृद्धा, अपाङ्ग तथा एकल महिलाहरुले प्राप्त गर्दै आएको भत्तालाई घर घर पुर्‍याइने, टोखा न.पा. वडा नं. ३ अन्तर्गत निर्माण हुने पुर्वाधार तथा भौतिक विकासका कार्यहरुमा डी.पि.आर.तयार गर्न र अन्य आवश्यक कार्यमा स्थानीय इन्जिनियर तथा दक्ष प्राविधिकहरुसंग परामर्श तथा समन्वय गरी अगाडि बढाइने,टोखा न.पा. वडा नं. ३, झुडोल र वडा नं. ६ ग्राण्डी अस्पताल जोड्ने पुल निर्माण गरिने,टोल–टोलमा सडक बत्ति, पोलको व्यवस्थापन तथा तारहरुलाई भुमिगत गर्ने साथै चोक–चोकमा सी.सी. क्यामेराको व्यवस्थापन गरिने
    वडाभित्र रहेको ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवाहरुको मर्मत–सम्भार र संरक्षणमा जोड दिँदै सम्पदाहरुको सुरक्षा सहित प्रदर्शन गरी पर्यटकीय अवधारणा प्रबर्द्धन गरिने,युवा तथा युवतीहरुलाई खेलकुद, शारीरिक व्यायाम तथा आत्म रक्षा विधि समेतको प्रशिक्षण तर्फ विशेष ध्यान दिइने,सार्वजनिक यातायातमा टोखा भूतखेलदेखि सूर्यदर्शन हाइट, धनेश्वर हुँदै नयाँ बसपार्क सम्मको थप रुटको व्यवस्था गरिने,सार्वजनिक जग्गा तथा सडकपेटीको किनारामा वृक्षारोपण गर्ने लगायतका विषय समेटिएको टाेखा नगरपालिका वडा ३का नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रमेश डंगोलले बताउनुभयो ।

    नेकपा एमालेको तर्फबाट टाेखा नगरपालिका वडा ३ ले सार्वजनिक गरेको स्थानिय तह निर्वाचन २०७९ को प्रतिबद्धता पत्रमा के छ?

    १.स्वास्थ :

    ~ वडामा रहेको उप स्वास्थ्य चौकीमा भौतिक तथा मानविय श्रोत साधनको अभिवृद्धि गर्दै प्रयोगशाला समेत सञ्चालन गरी सेवा प्रदान गरिनेछ ।
    ~ रोगको निदान भन्दा रोकथामलाई प्राथमिकता दिई व्यायामशाला, पार्क, साधना र योग केन्द्र स्थापना गरिनेछ ।
    ~वृद्ध–वृद्धा, असहाय, अशक्त तथा एकल महिलाहरुलाई त्रैमासिक रुपमा विशेष चिकित्सकीय सेवा प्रदान गरिनेछ ।
    ~ नेपाल सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रममा सम्पूर्ण वडावासीलाई अनिवार्य सहभागी गराउन विशेष प्राविधिक सहयोग प्रदान गरिनेछ ।
    ~ वडावासीहरुको आकस्मिक स्वास्थ्य सेवाको लागि स्वास्थ्य प्राविधिक टोली सहितको सुविधा सम्पन्न एम्बुलेन्सको व्यवस्था गरिनेछ ।

    २. शिक्षा:

    ~ टोखा सरस्वती माध्यमिक विद्यालयलाई थप प्राविधिक प्रणालीमा स्तरोन्नती गरी स्नातक तहसम्मको कक्षा सञ्चालन गरिने छ । प्राविधिक शिक्षा, साहित्य, कला, गीत लेखन जस्ता अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गरिनेछ ।
    ~ शिक्षाबाट वञ्चित हुन पुगेका बालबालिकाहरुको पहिचान गरी विद्यालय आउने वातावरण बनाउन विशेष योजना ल्याइनेछ ।
    ~ निरक्षरलाई साक्षर बनाउने उद्देश्यले अनौपचारिक कक्षाहरु सञ्चालन गरिनेछ ।
    ~ अध्ययनशील समाज निर्माणको लागि सार्वजनिक पुस्तकालयको स्थापना गरिनेछ ।

    ३. कृषि :

    ~ स्थानीय कृषि उपज तथा उत्पादनहरुलाई थप प्रोत्साहन गर्दै आवश्यकता अनुसार आधुनिकस्तरको कृषि बजारको व्यवस्थापन गरिनेछ ।
    ~ प्रत्येक घरबाट निस्कने फोहरलाई प्राङ्गारिक मल बनाउन र
    कौशी खेती गर्नको लागि तालिमको व्यवस्था गरिनेछ ।
    ~ कृषि क्षेत्र तथा वास्तविक किसानको पहिचान गरी बिउ विजन वितरण एवम् आधुनिक तालिमको व्यवस्था गर्ने र अर्गानिक उत्पादनमा जोड दिइनेछ ।

    ४. खानेपानी:

    ~ शिवपुरी जलाधार क्षेत्रमा रहेको पानीको प्राकृतिक श्रोतको पहिचान तथा उचित व्यवस्थापन गरिनेछ ।
    ~ उपलब्ध भएका डिप बोरिङ्गलाई उचित व्यवस्थापन सहित आवश्यकता अनुसार थप डिप बोरिङ्ग गरी स्वच्छ खानेपानी वितरण गरिनेछ ।
    ~व्यवसायिक रुपमा सञ्चालित खानेपानी वितरण केन्द्र तथा उद्योगहरुमा शुद्धता र स्वच्छताको प्रत्याभूतिको लागि नियमन गर्ने प्रकृया अवलम्वन गरिनेछ ।

    ५. महिला बालबालिका तथा ज्येष्ठ नागरिक:

    ~ महिला तथा बेरोजगार युवाहरुलाई सिपमुलक तालिम सञ्चालन गरी उत्पादनमूलक रोजगारीमा सहभागी गराइनेछ ।
    ~गृहिणी महिलाहरुलाई लक्षित गरी घरेलु तथा साना उद्योगहरु सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
    ~ज्येष्ठ तथा अशक्त नागरिकहरुको लागि विश्रामस्थल तथा सेवा केन्द्रहरु निर्माण गरिनेछ ।
    ~ बालबालिकाहरुको शारीरिक तथा वौद्धिकस्तर वृद्धिको लागि बालक्लब रउद्यानहरुको उचित व्यवस्थापन गरिनेछ ।
    ~ वृद्ध–वृद्धा, अपाङ्ग तथा एकल महिलाहरुले प्राप्त गर्दै आएको भत्तालाई घर घर पुर्‍याइनेछ ।

    ६. भौतिक पूर्वाधार विकास:

    ~ साईबाबा चोकदेखि हात्तिगौडा मूल सडक तथा धनेश्वर, सिसिंक्व, भत्केपूल, बखुण्डोल, चखु र झुडोलको बाटोलाई प्राथमिकतामा राखी पिच गरिनेछ ।
    ~टोखा न.पा. वडा नं. ३, झुडोल र वडा नं. ६ ग्राण्डी अस्पताल जोड्ने पुल निर्माण गरिनेछ ।
    ~ टोखा मूलगेट देखिको बाइपास सडकलाई स्तरोन्नती तथा व्यवस्थित गरिनेछ ।
    ~ वडाभित्रका सम्पूर्ण सडकहरुमा आवश्यकता अनुसार ढल निर्माण, ग्राभलिङ, पिच तथा ढलान गरिनेछ ।
    ~टोल–टोलमा सडक बत्ति, पोलको व्यवस्थापन तथा तारहरुलाई भुमिगत गर्ने साथै चोक–चोकमा सी.सी. क्यामेराको व्यवस्थापन गरिनेछ ।
    ~ सार्वजनिक जग्गा भएको ठाँउमा समुदाय लक्ष्यित क्रिया पुत्री भवन र बहुउपयोगी भवन( प्रदर्शनी तथा सभा- सम्मेलन कक्ष) निर्माण गरिनेछ ।
    ~विष्णुमति र सपनतिर्थ करिडाेरलाई व्यवस्थित गर्न विशेष पहल गरिनेछ ।
    ~ टोखा न.पा. वडा नं. ३ अन्तर्गत निर्माण हुने पुर्वाधार तथा भौतिक विकासका कार्यहरुमा डी.पि.आर.तयार गर्न र अन्य आवश्यक कार्यमा स्थानीय इन्जिनियर तथा दक्ष प्राविधिकहरुसंग परामर्श तथा समन्वय गरी अगाडि बढाइनेछ।

    ७.संस्कृति , सम्पदा तथा पर्यटन:

    ~वडाभित्र रहेको ऐतिहासिक मठ–मन्दिर, पाटी–पौवाहरुको मर्मत–सम्भार र संरक्षणमा जोड दिँदै सम्पदाहरुको सुरक्षा सहित प्रदर्शन गरी पर्यटकीय अवधारणा प्रबर्द्धन गरिनेछ ।
    ~मौलिक भेषभूषा, कला संस्कृति, सम्पदा, गूठी तथा दाफा खल:हरुलाई सम्बर्द्धन गर्दै रोजगारीको सृजना गरिनेछ ।
    ~ ऐतिहासिक मठ – मन्दिरहरु, नेवारी प्राचीन कला तथा परम्परागत नृत्य तथा गित संगित संकलन , प्रबर्द्धन तथा सम्बर्द्धन गरि पुरातत्त्व बिभागमा समेत अभिलेखिकरण गर्नको लागि पहल गरिनेछ ।

    ८. यूवा तथा खेलकुद :

    ~ युवाहरुको समुन्नत विकासको लागि टोल वा समुदायमा खुलेका क्लब तथा समूहहरुलाई खेलकुदमा विशेष महत्व दिई खेलकुद सामाग्री प्रदान गर्ने तथा प्रशिक्षणको लागि विशेष व्यवस्था गरिनेछ ।
    ~युवा तथा युवतीहरुलाई खेलकुद, शारीरिक व्यायाम तथा आत्म रक्षा विधि समेतको प्रशिक्षण तर्फ विशेष ध्यान दिइनेछ।

    ९. यातायात:

    ~सार्वजनिक यातायातमा टोखा भूतखेलदेखि सूर्यदर्शन हाइट, धनेश्वर हुँदै नयाँ बसपार्क सम्मको थप रुटको व्यवस्था गरिनेछ साथै टोखा साईबाबा चोकदेखि विष्णुमति पुल हुँदै हात्तिगौंडा, सुन्धारासम्मको रुटको पनि व्यवस्थाको लागि विशेष पहल गरिनेछ ।

    ~विद्यमान यातायातको समस्याग्रस्त सेवालाई ध्यानमा राखी स्कूल, कलेज तथा कार्यालय समयमा यातायातको पर्याप्त सुविधा दिन आवश्यक व्यवस्था गरिनेछ । यातायातमा महिला, अशक्त तथा वृद्ध–वृद्धाहरुलाई छुट तथा विशेष प्राथमिकता दिइनेछ ।

    १०. वातावरण तथा पर्यावरण :

    ~वडामा रहेका सार्वजनिक जग्गाहरुको उचित पहिचान तथा संरक्षण गरी सार्वजनिक शौचालय, बगैंचा तथा उद्यान जस्ता पर्यावरणीय स्थलको निर्माण गरिनेछ । भूतखेल पार्क तथा खेल मैदानलाई स्तरोन्नती गरी व्यवस्थित गर्न विशेष योजना ल्याइनेछ।
    ~सार्वजनिक जग्गा तथा सडकपेटीको किनारामा वृक्षारोपण गरिनेछ ।
    ~विष्णुमति खोला र सपनातिर्थ खोलालाई स्वच्छ र सफा राख्न विशेष कार्ययोजनाको लागि पहल गरिनेछ ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै