टाेखालाइभ डट कम
काठमाडौं, बैशाख २१,२०७९
टाेखा नगरपालिका वडा नं २ का नेकपा माओवादीका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त रहेका छन्।स्थानीय तहको निर्वाचन आउन अब ९ दिन मात्र बाँकी रहेको छ । देश यती खेर स्थानीय तहको निर्वाचनमा होमिएको छ । निर्वाचन नजिकिदै गर्दा टाेखा नगरपालिका वडा नं २ का नेकपा माओवादीका उम्मेदवारहरुहरु आफ्नो महत्त्वपूर्ण एजेन्डा सहित मतदाताको घरदैलोमा पुगिरहेका छन्।
आफ्नो पार्टीलाई विजेता हासिल गर्न अहिले टाेखा २ मा राजनैतिक दलहरुमा नेकपा एमाले , नेपाली कांग्रेस , नेकपा एकीकृत समाजवादी, नेमकिपा,राप्रपा घरदैलो अभियानमा ब्यस्त रहेका छन् । आफ्नो घोषणा पत्र घर घरमा सुनाउँदै र गुनासा सुन्ने गरेको नेकपा माओवादी केन्द्र क्षेत्र न ५ का इन्चार्ज कल्पना शर्माले बताए।उहाँले समाज र जनताको सेवा गर्ने उदेश्यले यस पटक पनि नेकपा माओवादीका मेयर उपमेयर लगायत सम्पुर्ण टाेखा नगरपालिका १ देखि ११ वटै उम्मेदवारहरु लाई बिजयी गराउन शिक्षा ,स्वस्थ्य र सडक ढल निकास , खानेपानीको मुख्य एजेन्डा बोकि लागि परेको बताइन्।
टाेखा नगरपालिका वडा नं २ का नेकपा माओवादीबाट क-कस्ले उम्मेदवारहरु दिए ?
मेयरको उम्मेदवार शेखर श्रेष्ठ र उपमेयरको उम्मेदवार यमुना पुडासैनी रहेका छन् ।
टाेखा नगरपालिका वडा २ का नेकपा माओवादीबाट उम्मेदवारहरु वडा अध्यक्षमा राजेन्द्र श्रेष्ठ, महिला सदस्य महेश्वरी डंगोल,सदस्य श्याम श्रेष्ठ , सदस्य राम काजी श्रेष्ठ रहेका छन् ।

