• TOKHA LIVE

    • २१ बैशाख २०७९, बुधबार ०९:५४

    मेयरको हैसियत भएका टोखा नगरपालिका वडा नं ६ का अध्यक्ष उम्मेदवार भगवान केसी को टोखालाई पर्यटकीय नगर बनाउने सपना।

    टोखा लाइभ । २१ बैशाख २०७९,

    बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट टोखा नगरपालिका वडा नं ६ का अध्यक्ष उम्मेदवार भगवान केसी “ टोखालाई पर्यटकीय नगर ” को अवधारणालाई अगाडी सारेका छन।

    वडा अध्यक्ष पदमा विपक्षीको समेत साथ पाएका भगवानले वडा नं ६ लाई संस्कृति ,प्रकृति र मानवीय विकासमा चमकदार बनाउने सपना रहेको बताएका छन।

    ६२/६३ सालमा आफ्नै नेतृत्वमा वडा नं-६ मा ढलको निर्माण गरेर विकास अभियानको शुरुवात गरेका उनले आफुले जितेमा हरेक महिनामा आउने तलव भत्ता असहाय र आर्थिक रूपमा कमजोर विधार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने योजना रहेको बताएका छन।

    वडा नं ६ लगायत का सम्पूर्ण ऐतिहासिक टोखा बस्तिहरुको पूर्वाधार र मानवीय विकासका लागि गुरु योजना निर्माण गरेको बताउदै उनले टोखालाई प्राकृतिक संग्रहालयका रुपमा विकास गर्ने प्रतिवदत्ता समेत ब्यक्त गरेका छन।

    २०५४ सालको स्थानीय तहको निर्वाचमा धापासी वडा नं ४ गाविस अध्यक्षमा उठेका भगवान केसीले जित्ने संभावना हुँदा हुदै पनि जित्न सक्नु भएन । त्यस बेला वहॉको उमेर अलि कति पुगेको थिएन। निकै उत्साहित बनेर चुनावी मैदानमा उत्रेका भगवान केसीले टोखामा स्थानीय जात्रा ,पर्व ,संस्कारलाई वडाको पहिचानका रुपमा प्रवर्धन गर्नुका साथै आफुलाई जनताको कुरा सुनेर विकासको योजना बुन्ने जनप्रतिनिधिका रुपमा प्रस्तुत गर्ने बताएका छन।

    आफुले निर्वाचन जितेको खण्डमा युवाहरुलाई अवसर ,जेष्ठ नागरिकहरुलाई सम्मान र बालबालिकाहरुलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम लागु गर्ने बताउदै उनले वडामा रहेको खेतीयोग्य जमिनको प्रयोग गर्दै वडावासीलाई वडा कै उत्पादन अभियान शुरु गर्ने योजना रहेको सुनाएका छन।

    सामान्य मानवीय मामिला देखि गम्भिर राजनीतिक र सामाजिक विषयहरुमा सक्रिय रुपमा संलग्न रहेर कुनै आधिकारिक जिम्मेवारी नहुँदा पनि जनता माझ पुगेका भगवान केसीको बारेमा जान्न, बुझ्न र चिन्न खोज्ने नगरवासीहरुको शंख्या दिन प्रति दिन बढ्दै गएको छ। यसबाट उनको निकै लोकप्रियता चुर्लिदै गएको छ।

    आगामी ५ वर्ष सम्म टोखा नगरपालिका वडा नं ६ को कमाण्ड सम्हाल्न आफ्नो उम्मेदवार सदस्यहरूमा अधिवक्ता चन्द्र प्रकाश श्रेष्ठ सहित अनुभवी , अनोज विक्रम थापा ( चारघरे कान्छा) , दिप कुमारी मैनाली, र दलित महिलामा इन्दिरा सुनार नयॉ उर्जा भएका उम्मेदवारहरुको टिम लिएर मैदानमा उत्रिएका भगवान केसीको राजनीतिक भविष्यको फैसला हुन् भने अव केवल ९ दिन बाँकी रहेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै