• TOKHA LIVE

    • २१ बैशाख २०७९, बुधबार ०६:१४

    टाेखा नगरपालिका वडा २ मा नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    बैशाख २१,२०७९

    काठमाडौं । टाेखा नगरपालिका वडा २ मा नेपाली कांग्रेसका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त भएका छन् ।स्थानीय तहको निर्वाचन आउन ९ दिन मात्र बाँकी रहेको छ । देश यती खेर स्थानीय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचन नजिकिदै गर्दा टाेखा नगरपालिका वडा २ का नेपाली कांग्रेसका उम्मेदवारहरुहरु आफ्नो महत्त्वपूर्ण एजेन्डा सहित मतदाताको घरदैलोमा पुगेका छन्।

    नेपाली काङ्ग्रेसबाट मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङले उम्मेदवारी दिएका छन् ।
    त्यस्तै टाेखा नगरपालिका वडा २ को नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा माइला डंगोल , महिला सदस्य सबिना श्रेष्ठ , दलित महिला सदस्य , लक्ष्मी हिङ्माङ, खुल्ला सदस्य आर्यन डंगोल , खुल्ला सदस्य दशराज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

    आफ्नो पार्टीलाई विजेता हासिल गर्न अहिले टाेखा नगरपालिका वडा २ का विभिन्न राजनैतिक दलहरुमा नेकपा एमाले , नेपाली कांग्रेस , नेकपा माओवादी ,नेकपा एकीकृत समाजवादी, नेमकिपा,राप्रपा लगायतले मत माग्न मतदाताको घरदैलो अभियानमा ब्यस्त रहेका छन्। आफ्नो घोषणा पत्र घर घरमा सुनाउँदै र गुनासा सुन्ने गरेको नेपाली कांग्रेसका उम्मेदवारहरुले बताए। समाज र जनताको सेवा गर्ने उदेश्यले यो पटकको स्थानीय निर्वाचनमा मेयर, उपमेयर लगायत सम्पुर्ण टाेखा नगरपालिका वडा नं २ का उम्मेदवारहरु लाई बिजयी गराउनका लागि परेको नेपाली कांग्रेसका इकाई सभापति हेराकाजी महर्जन डंगोलले बताए।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै