• TOKHA LIVE

    • २० बैशाख २०७९, मंगलवार २२:५७

    टाेखा नगरपालिका वडा ३ मा माओवादीका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त

    टाेखालाइभ डट कम/ बैशाख २०,२०७९

    काठमाडौं /टाेखा नगरपालिका वडा ३ नेकपा माओवादीका उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त भएका छन् ।स्थानीय तहको निर्वाचन आउन १२ दिन मात्र बाँकी रहेको छ । देश यती खेर स्थानीय तहको निर्वाचनमा होमिएको छ । निर्वाचन नजिकिदै गर्दा टाेखा नगरपालिका वडा ३ नेकपा माओवादीका उम्मेदवारहरुहरु आफ्नो  महत्त्वपूर्ण एजेन्डा सहित मतदाताको घरदैलोमा पुगेका छन् ।

    आफ्नो पार्टीलाई विजेता हासिल गर्न अहिले टाेखा ३ मा राजनैतिक दलहरुमा नेकपा एमाले , नेपाली कांग्रेस , नेकपा एकीकृत समाजवादी, नेमकिपा,राप्रपा घरदैलो अभियानमा ब्यस्त छन् । आफ्नो घोषणा पत्र घर घरमा सुनाउँदै र गुनासा सुन्ने गरेको नेकपा माओवादी केन्द्र क्षेत्र न ५ का इन्चार्ज कल्पना शर्माले बताइन् ।उहाँले समाज र जनताको सेवा गर्ने उदेश्यले यस पटक पनि नेकपा माओवादीका मेयर उपमेयर लगायत सम्पुर्ण टाेखा नगरपालिका १ देखि ११ वटै उम्मेदवारहरु लाई बिजयी गराउन लागि परेको बताइन् ।

    टाेखा नगरपालिका वडा ३ नेकपा माओवादीबाट उम्मेदवारहरु को को छन् ?
    मेयरको उम्मेदवार शेखर श्रेष्ठ र उपमेयरको उम्मेदवार यमुना पुडासैनी रहेका छन् ।

    टाेखा नगरपालिका वडा ३ नेकपा माओवादीबाट उम्मेदवारहरु वडा अध्यक्षमा नवीन कुमार डंगाेल, वडा सदस्य रामराज श्रेष्ठ,महिला सदस्य  गितादेवी दाहाल, सदस्य सराेज डंगाेल(राजु) रहेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै