• TOKHA LIVE

    • १९ बैशाख २०७९, सोमबार २०:४९

    टाेखा नगरपालिका वडा २ बाट एमालेका उम्मेद्वार को को हुन् ?

    टाेखालाइभ डट कम/ बैशाख १९ ,२०७९

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट काठमाडौँको टोखा नगरपालिका वडा १ देखि ११ सम्मका उम्मदेवारहरुले निर्वाचन अधिकृतको कार्यालय टाेखा नगरपालिकामा मनोनयन दर्ता गराइसकेका छन् ।बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। टाेखा नगरपालिका वडा नं.२ बाट नेकपा एमालेका उम्मेद्वारहरुले मनोनयन दर्ता गराए संगै आफ्नो प्रतिबद्धता पूरा गराउने उद्घोषका साथ भोट माग्न जनताको घरदैलो अभियानमा ब्यस्त भएका छन् ।

    स्थानीय तहको निर्वाचनको निमित्त उम्मेदवारी दर्ता र चुनाव चिन्ह प्रदान गर्ने कार्य निर्वाचन आयोगले सकिसकेको छ।निर्वाचनमा उठेका उम्मेदवारहरुले आफ्नो विजयका निमित्त घाेषणापत्र जारी गर्ने र प्रचार प्रसार गर्ने प्रक्रिया तिव्र बनाएका छन् ।

    टाेखा नगरपालिकाको नेकपा एमालेबाट मेयरमा प्रकाश अधिकारी र उप मेयरमा ज्ञानमाया डंगोलको उम्मेद्वार दिएका छन् ।मेयरमा प्रकाश अधिकारी र उप मेयरमा ज्ञानमाया डंगोल यसअघिको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट बिजयी भएका जनप्रतिनिधि हुन् ।

    टाेखा नगरपालिका वडा नं.२ बाट एमालेका उम्मेद्वार को को हुन् ?
    नेकपा एमाले टाेखा नगरपालिका वडा नं.२ को अध्यक्षमा धर्मेन्द्र श्रेष्ठ,महिला सदस्य मिरा डंगोल,खुल्ला सदस्य अमर डंगोल,खुल्ला सदस्यः दशराम खड्गी रहेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै