टाेखालाइभ डट कम/ बैशाख १७,२०७९
काठमाडौं /टाेखा नगरपालिका वडा ३ मा नेकपा एमालेले विपक्षीहरुको सातो उडाउने घरदैलो विशाल र्याली सम्पन्न गरेको छ।

टाेखा नगरपालिकाको प्रमुखका उम्मेदवार प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलको उपस्थितिमा भएको र्यालीमा वडा नं ३ का स्थानीयहरुको घरदैलो विशाल र्यालीमा उपस्थिति रहेको थियो।

विभिन्न राजनीतिक दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरे संगै नेकपा एमाले टाेखा नगरपालिका वडा ३ टाेखाले सरस्वती चौरबाट चुनाबी घरदैलो अभियान शुरु गरेको हो । चुनाबी घरदैलो अभियान शुक्रबार बिहान टाेखा नगरपालिका वडा ३ ऐतिहासिक बस्ती , लाम्ने,चर,चसिचा,वामुख्वात हुँदै काेहिती स्थुली , बिसिंगाल , पलेखुशी हुँदै पुन:सरस्वती चौरबाट चुनाबी घरदैलो अभियान बिसर्जन भएको थियो । त्यस्तै दिउँसो सरस्वती चौरबाट चुनाबी घरदैलो अभियान शुरु गर्दै धनेश्वर, सिसिको , धम ,सुर्य दर्शन हाईट, बानियाँटार , आदर्श टाेल हुँदै झुडाेलमा घरदैलो अभियान सम्पन्न गरेको हो।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो विशाल र्याली मा टाेखा नगरपालिकाको प्रमुखका उम्मेदवार प्रकाश अधिकारी र उपप्रमुख ज्ञानमाया डंगोलसंगै
बागमती प्रदेश सांसद दिपक निरौला ,टाेखा नगरपालिका वडा ३ का उम्मेदवारहरु अध्यक्ष रमेश डंगोल,दलित महिला सदस्य देवीमाया नेपाली,महिला सदस्य शान्ता राई,खुल्ला सदस्य हरिकृष्ण श्रेष्ठ,खुल्ला सदस्य कृष्ण प्रसाद रिमाल लगायतको सहभागितामा भएको रर्यालीमा वडाका सबै टोलबाट नेता ,कार्यकर्ता ,शुभचिन्तक ,समर्थक सहित स्थानीयहरुको स्वत स्फुर्त उपस्थिति रहेको थियो।

मत माग्न जनताको घरदैलो अभियानमा रहनुभएका मेयरका उम्मेदवार प्रकाश अधिकारीले मतदातासंग भाेट माग्दै
आफनो पाँचबर्षे कार्यकालमा जनताका सवै समस्याहरु
स्वास्थ , शिक्षा,कृषि , सडक, खानेपानी, रोजगार ,भौतिक पुर्वाधार संस्कृति संम्पदा तथा पर्यटन ,महिला , बालबालिका तथा जेष्ठ नागरिक ,फोहर व्यवस्थापन लगायतका समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।






