टोखा लाइभ ।१७, बैशाख २०७९, शनिवार ।
काठमाण्डौ- आसन्न स्थानीय तहको निर्वाचनलाई प्राथमिकतामा राख्दै टोखा नगरपालिका ३ नम्वर वडा कमिटीले निर्वाचन परिचालन अभियान आरम्भ गरेको छ ।
मनोनीत वडा अध्यक्षमा रमेश जोशी ले अघि सारेको नेपाली कॉंग्रेस बैशाख १६ गतेबाट टोखा नगरपालिका वडा नम्वर ३ का स्थानीयवासीसामु पुग्ने अभियानको शुरुवात गरेको हो ।

यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कॉंग्रेस यस वडाको सबै सिटमा एकलौटी जित हासिल गरेको थियो | अघिल्लो निर्वाचनमा सिंहराज श्रेष्ठ वडा अध्यक्ष को रुपमा निर्वाचित भएका थिए ।
राजनीतिक कार्यकर्ता को रुपमा अनुभव हासिल गरिसको रमेश जोशी को साथमा युवा जोस र उत्साह बोकेका सदस्यहरूमा हरि भक्त श्रेष्ठ, कान्छा नारायण महर्जन, सिर्जना आचार्य र दलित महिला सदस्यमा राममाया नेपाली, जस्ता उम्मेदवारका साथ नेपाली कॉंग्रेस यस पटक पनि वडा नम्वर ३ मा आफ्नो सहज वर्चस्व कायम राख्न कुनै कसरत बाँकी नराख्ने रणनीति लिएको छ ।

रूख चिन्हमा प्राप्त मतद्वारा विजयी भएपछी विगत ५ वर्षमा गरेका विकास निर्माण, सुधार, सम्पदा संरक्षण, शिक्षा, स्वास्थ, खानेपानी, ढल, पूर्वाधार विकास जस्ता विषयमा सम्पूर्ण उपलब्धि समेटेर जनतामा पुन: विश्वास सहित मत प्रदान गर्न नेपाली कॉंग्रेसले अपिल गरेको छ ।
चुनावी घरदैलोको क्रममा वडावासीहरुले नेपाली कॉंग्रेस उम्मेदवारहरुलाई भब्य स्वागत गर्दै विजयको शुभकामना प्रदान गरेका छन् । यस क्रममा वडा अध्यक्षका उम्मेदवार रमेश जोशीले जनताको मत र विश्वासलाई कायम राख्दै जनचाहना बमोजिमकै योजनामा आधारित भएर वडाका सम्पूर्ण कार्यक्रम संचालन गर्ने वाचा गरेका छन् । नेपाली कॉंग्रेसले यस क्षेत्रमा दैनिक बिहान र बेलुका घरदैलो अभियान शुरु गरेको छ ।

निर्वाचनलाई मध्यनजर गर्दै मतदाता शिक्षा लगायत विषयमा पार्टी सदस्यहरुहरुलाई स्थानीय स्तरमै परिचालन गर्नका लागि शुक्रवार बाट वडाका विभिन्न स्थानमा सम्पर्क कार्यालय समेत स्थापना गरिसकेको निर्वाचन परिचालन कमिटीका संयोजक सिंहराज श्रेष्ठ र यसमा ७१ जनाको सदस्यहरू भएको जानकारी दिएका छन् ।



