• TOKHA LIVE

    • १५ बैशाख २०७९, बिहीबार १७:४८

    टाेखा नगरपालिका वडा नं.३ बाट एमालेका उम्मेद्वार को को भए ?

    टाेखालाइभ डट कम/ बैशाख १५,२०७९

    काठमाडौं /नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट काठमाडौँको टोखा नगरपालिकाका वडा १ देखि ११ सम्मका उम्मदेवारहरुले सोमबार निर्वाचन अधिकृतको कार्यालय टाेखा नगरपालिकामा मनोनयन दर्ता गराएका हुन् ।

    आउँदो दोस्रो स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गतेको लागि टाेखा नगरपालिका वडा नं.३ बाट नेकपा एमालेका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन्।

    सोमबार दलबल र बाजागाजा सहित निर्वाचन अधिकृतको कार्यालय टाेखा नगरपालिकामा उपस्थित भएर टाेखा नगरपालिकाका मेयरमा प्रकाश अधिकारी र उप मेयरमा ज्ञानमाया डंगोलको उम्मेद्वार मनोनयन दर्तासंगै टाेखा नगरपालिका वडा नं.३ बाट उनिहरुले वडा पदाधिकारीको लागि उम्मेद्वारी दर्ता गराएका हुन्। यसरी उम्मेद्वारी दर्ता गराउनेमा टाेखा नगरपालिका वडा नं.३ को वडाध्यक्षमा रमेश डंगोल,महिला सदस्य शान्ता राई,दलित महिला सदस्य देवीमाया नेपाली,  सदस्य हरिकृष्ण श्रेष्ठ , सदस्य कृष्ण प्रसाद रिमाल रहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै