• TOKHA LIVE

    • २ बैशाख २०७९, शुक्रबार १२:२८

    पुर्व प्रधानमन्त्री केपी शर्मा ओली मेधावी अवार्डद्वारा सम्मानित

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    काठमाडौं ,बैशाख २,२०७९

    विश्व स्काउट एसिया-प्रशान्त क्षेत्रिय कमिटीले एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री एवं नेपाल स्काउटका तत्कालीन संरक्षक केपी शर्मा ओलीलाई मेधावी अवार्ड प्रदान गरेको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा नेपाल स्काउटद्धारा आयोजना गरिएको एक विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पुर्व प्रधानमन्त्री केपि शर्मा ओलीलाई सो पदक प्रदान गरिएको छ।

    वैशाख १ गते नयाँ वर्षको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई उच्च पदक मेधावी योगदान प्रदान गरिएको हो। नेपाल स्काउटको विकास र विस्तारका लागि अतुलनीय योगदान गरेको भन्दै विश्व संगठनको एसिया-प्रशान्त क्षेत्रले ओलीलाई मेधावी योगदान पदकले विभूति गरेका हुन्।

    ओलीले नेपाल स्काउटलाई सातै प्रदेश ७५३ स्थानीय तहमा पुर्याउन संरक्षक हैसियतले अतुलनीय योगदान गरेको नेपाल स्काउटले बताएको छ।

    काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा एक कार्यक्रमको आयोजना गरि ओलीलाई सो पदक प्रदान गरिए सँगै नेपाल स्काउटका एक जिउँदो इतिहास सम्मान व्यक्तित्व प्रा. गोविन्द नारायण ज्यापुलाई दोसल्ला ओढाई राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा सम्मान गरिएको छ।

    कार्यक्रममा नेपाल स्काउटका सातै प्रदेशका स्काउटर , स्काउट लिडरहरु, रोभर, रेञ्जरहरु साथै स्काउटका सुभचिन्तकहरुको बाक्लो उपस्थित रहेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै