• TOKHA LIVE

      TOKHA LIVE

    • २८ चैत्र २०७८, सोमबार २०:२९

    टाेखा नगरपालिकामा बाल भेला सम्पन्न

    टाेखालाइभ डट कम/ चैत्र २८
    काठमाडौं / टाेखा नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा टाेखा स्थित सत्यसाइ शिक्षा सदन  स्कुलमा बाल भेला कार्यक्रम शनिबार सम्पन्न छ।

    कार्यक्रममा महिला विकास अधिकृत सावित्रा न्यौपानेले बाल भेला कार्यक्रमको सहजिकरण गर्दै सुरु भएको सो भेलामा बालबालिका हक अधिकार सुनिश्चिताको लागि विकास निर्माणमा बालबालिकाको सहभागिता गराउदै योजना तर्जुमा गर्नको लागि भेलाको आयोजना गरिएको बताउदै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा टाेखा नगरपालिकाका उप प्रमुख तथा टाेखा नगरपालिका स्थानीय बाल अधिकार समितिका संयोजक ज्ञानमाया डंगोलले समग्र बालबालिकाको हक र अधिकार सुनिश्चिताको लागि पालिका स्तरीय नगर बाल संजाल पुर्नगठन गरिसकिएको बताइन् । साथै उहाँले आफ्नो कार्यकालमा टाेखा नगरपालिकालाई बाल मैत्री घोषणा गर्ने तयारी स्वरुप यो बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी कार्यविधि बनाएर तिव्र गतिमा अघि बढीरहेकोमा बताउदै टाेखा नगरपालिकाले बालबालिका हक अधिकारका सवालमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको बताइन् । बालबालिकाका लागि स्यानिटरी प्याड बनाउने तालीम देखि वितरण कार्यक्रम , टाेखा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा मेयर दिवा खाजा कार्यक्रम
    तर्जुमा गरिएको बताईन्।

    कार्यक्रम टाेखा नगरपालिकाका ११ वटै नगर बाल संजालका प्रतिनिधिहरुले आ – आफ्नो मन्तव्य राखेका थिए भने नगर बाल संजालका अध्यक्ष पुजा तामाङ र उपाध्यक्ष दिपेश श्रेष्ठ लगायतले बालबालिका लक्षित सान्दर्भिक भनाइहरु राखेका थिए ।

     

    कार्यक्रम चाइल्ड नेपाल बाल संरक्षण अधिकृत तोयनाथ तिवारी ,कन्सोर्तियम नेपालका अध्यक्ष मोहन दंगाल, अधिवक्ता मुकुन्द दाहाल, सत्यसाइ शिक्षा सदन टाेखाका प्रधानाध्यापक डा. नरोत्तम प्रसाद उपाध्याय लगायतले बाल संजालको कार्ययोजना निर्माण गर्ने सम्बन्धमा बालबालिकाको असल बानीको विकास गर्ने बालबालिकामा सचेतनामूलक कार्यक्रमको साथै बालबालिकाको क्षमता अभिवृद्धि गर्ने बालश्रम र यौन दुराचार सम्बन्धि कार्यक्रम निरन्तर संचालन गर्नुपर्ने जस्ता विषयमा आ- आफ्नो बिचार राख्नुभएको थियो ।

    कार्यक्रममा महिला विकास अधिकृत सावित्रा
    महिला तथा बालबालिका अधिकृत निर्मला रेग्मी,टाेखा महिला बालबालिका निरीक्षक बिमला वाग्ले लगायत टाेखा नगरपालिकाका ११ वटै नगर बाल संजालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै