नविना श्रेष्ठ/टाेखालाइभ डट कम
काठमाडौं ,चैत २७,२७८
सूर्य विनायक नगरपालिका वडा नं ८ गुञ्जाडोल एस.के आधारभुत विद्यालयको प्राङ्गनमा स्थानीय आधारभुत स्काउट BTC,PTC तालिम सम्पन्न भएको छ।
कार्यक्रममा भने स्थानीय स्काउट संरक्षक एव सूर्य विनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले राष्ट्रिय झण्डा उतोलन र वडा नं ७ का अध्यक्षले स्काउट झण्डा उत्तोलन गरे भने स्थानीय स्काउटका प्रमुख एवं सूर्य विनायक नगरपालिका उपप्रमुख जुना बस्नेतले ब्यानर खोली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाले अब सूर्यविनायकमा सामुदायिक स्कुलमा पढ्ने विद्यार्थीहरुलाई स्काउट शिक्षा दिई एक असल नागरिक जन्मने प्रतिबद्धता जनाए। स्थानीय सँकटमा आवश्यक केही परेमा नगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाए।
सूर्य विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले स्काउट तालिम भएको ठाउँमा स्थानीय स्काउटको लागि कोठाको व्यवस्थित गर्ने बताए। स्थानीयमा भएका जति पनि स्कुल छन्, ती सबै विद्यालयमा स्काउट सञ्चालन गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा भनि नेपाल स्काउट बागमती प्रदेशका संयोजक केश रत्न बज्राचार्य, तदर्थ समितिका सदस्य एवं अन्तर्राष्ट्रिय तालिमकेन्द्र ककनीका संयोजक शिवराम अर्याल, अच्छुत प्रजापति, सूर्य विनायक न.पा प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत , वडा नं ८ का अध्यक्ष किरण थापा, वडा नं ७ का रविन्द्र सापकोटा, नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका पूर्वराष्ट्रिय सचिव एवं पूर्व भक्तपुर जिल्ला आयुक्त राम गोपाल कर्माचार्य, चागुनारायण न.पा का स्थानीय संयोजक उमेश प्रसाद सिंह,ब्याज कोर्षका कोर्ष लिडर एवं सूर्य विनायक नगरपालिका स्थानीय संयोजक शिव कुमार त्वायना,गर्ल्स कोर्षका कोर्ष लिडर चन्द्र कान्ता प्रजापति ,सहायक राष्ट्रिय प्रशिक्षक सिता लक्ष्मी देशेमरू, प्रशिक्षकमा मैया त्वानाबासु, महेन्द्र रञ्जित,क्यान्सर अस्पतालका नर्स प्रविना मदिकर्मी,काउन्सिलर सोहन रञ्जीत, किशोर गोसाई,रिना सुवाल,मनिता श्रेष्ठ, नविना श्रेष्ठ,राजा राम बासी,सरिला सिन्ताकला लगायत सम्पूर्ण उपस्थित रहेको थियो।

