• TOKHA LIVE

    • २५ चैत्र २०७८, शुक्रबार २१:५८

    बुढानिलकण्ठ -१ मा बोयर जातको बोका पाउँदा कृषक मख्ख!

    टाेखालाइभ डट कम/ चैत्र २५,२०७८

    काठमाडौं /बुढानिलकण्ठ नगरपालिका वडा -१ मा वडाभित्र संचालित कृषक समूहलाई बोयर जातको बोका वितरण गरेको छ।

    बुढानिलकण्ठ नगरपालिका वडा नं.१ तौलुङ चौतारामा
    उन्नत जातको बोयर जातको बोका पाउँदा कृषकहरु मख्ख परेका छन् ।

    बुढानिलकण्ठ नगर उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा ३ वटा कृषक समूहलाई चारवटा बोयर जातको बोका वितरण गरिएको थियो।

    वडाध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा
    वडा नं.१ मा रहेको तौलुङ बाख्रा पालन समूहलाई दुईवटा, सिमली कृषि समूहलाई एकवटा र भङ्गाल टोल बाख्रा पालन समूहलाई एकवटा गरि चारवटा बोका हस्तान्तरण गरिएको थियो।

    नगरपालिकाद्वारा वडा नं.१ को लागि विनियोजित बजेट रकमले उक्त चारवटा बोका नगर पशु विकास शाखाका चिकित्सक काजीबहादुर श्रेष्ठले हेटौंडामा संचालित कृषि फर्मबाट ५ लाखमा खरिद गरि ल्याएर कृषक समूहलाई वितरण गरिएको जानकारी दिएका छन । फाेटाे सौजन्य / कपनअनलाइन

    Facebook Comments

    छुटाउनुभयो कि? सबै