• TOKHA LIVE

    • २४ चैत्र २०७८, बिहीबार १२:११

    सडक खाना महोत्सव पर्यटन प्रबर्द्धन र महिला सशक्तिकरण कै लागि हो’- पञ्च कुमारी श्रेष्ठ

    टाेखालाइभ डट कम/ चैत २४,२०७८

    काठमाडौं /’स्थानीय महिला सीप प्रवर्द्धनलाइ प्रोत्साहन गरौं, महिला सशक्तिकरणमा टेवा पुर्‍या‍‍औं` भन्ने मुलनाराका साथ टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा ‘दोस्रो सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी-२०७८’ आज बिहिबार १ बजे देखि साझ ७ बजे सम्म संचालन  हुँदैछ । टाेखामा नयाँ वर्षको आगमनको साथै प्रत्येक नयाँ वर्षको सुरवात संगै सुरु हुने टाेखा बिस्का: जात्रा २०७९ को अवसरमा नेवारी खानाको परिकारका साथै टोखा-२ वडामा रहेका महिला समूहलाई नगरपालिका तथा वडाले आयआर्जनका लागि सञ्चालन गरिएको सीपमूलक तालिम पश्चात् उत्पादित सामाग्रीहरूको प्रदर्शनी तथा बिक्रीवितरण आज सडक खाना महोत्सवको आयोजना गर्दैछ । विगतमा एक दिन मात्र सडक खाना महोत्सव गरिएको यस पटकको दोस्रो सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी-२०७८’ आजै १ दिन मात्रै बेलुकी ७ बजे सञ्चालन हुनेछ ।

    स्थानीय महिला सीप प्रवर्द्धनलाइ प्रोत्साहन गरौं, महिला सशक्तिकरणमा टेवा पुर्‍या‍‍औं` भन्ने मुलनाराका साथ टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा ‘दोस्रो सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी-२०७८’ महोत्सवले पर्यटनमा पार्ने प्रभावलगायतका विविध विषयमा
    कार्यक्रम संयोजक तथा टाेखा नगरपालिका वडा २ का सदस्य पञ्च कुमारी श्रेष्ठसंग टाेखालाइभ डट कमका सह- सम्पादक सानुराज डंगोलले गरेको छोटाे कुराकानी अंश।

    सडक खाना महोत्सव तथा हस्तकला सामग्रीको दोस्रो शृङ्खला आयोजना गर्दै हुनुहुन्छ ? खाना महोत्सवको उदेश्य बारेमा बताइदिनुस् न?

    हामी पहिलो सडक खाना महोत्सव गत वर्ष चैत्र २१ गते
    संचालन गरेको कार्यक्रमबाट धेरै अनुभव लिएर दोस्रो संस्करणका रुपमा सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी आयोजना गर्दैछौँ । यहाँ महिला दिदिबहिनीहरुलाई अहिलेसम्म जति पनि वडाबाट सीपमुलुक कार्यक्रमहरु गरेका छौं । वहाँहरुलाई अलिकति भए पनि आर्थिक रूपमा टेवा पुर्याउन सहयोग गरोस् , घरको गृहस्थी सम्हाल्दै खाली भएको समयको सदुपयोग गर्दै त्यस्मा समावेश भएर गर्न सकियोस् भन्ने खालको तालीमहरु संचालन गरेका थियौं । त्यसरी सिकेका सिपहरु देखि लिएर आफ्नो परंरागत रूपमा उहाँहरुसंग भएका सीप क्षमतालाई एक त प्रदर्शनी पनि गर्ने अनि अर्को ब्यापारिक रूपमा पनि जाने उद्देश्यले
    सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी आयोजना गरेका हौं ।

    दोस्रो सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी विगतभन्दा के र कस्तो फरक हुनेछ ? नयाँ केही गर्दै हुनुहुन्छ कि ?

    नयाँ भनेको जे होस् वहाँहरुको अनुभवको आधारमा अहिले हामीले हाम्रा हरेक उत्पादन मुखी क्रियाकलापहरु नयाँ थप्न भनेका छौं । वहाँ उत्पादन गरेका दिदिबहिनीहरुले आफ्नो सीप क्षमतामै भर पर्ने कुरा हुन् ।उहाँहरुलाई त्यही अनुसार जिम्मेवारी दिएका छौं र केही नयाँ हुनेछन् । हाम्रो व्यवस्थापनको पक्ष नै नयाँ र आधुनिक हुनेछ । हरेक स्टलहरुमा हामी व्यवस्थापनको पाटोलाई प्राथमिकतामा राखेर काम गर्ने योजनामा छौँ ।

    विभिन्न समितिहरु नै निर्माण गरेर काम गरिने हुँदा हामी यस पटकको सडक खाना महोत्सव विगतभन्दा फरक र
    विगतको भन्दा राम्रो हुनेमा आशावादी पनि छौँ ।

    सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनीमा आउने आगन्तुक र स्थानीयहरुलाई कति छुटको व्यवस्था गर्दै हुनुहुन्छ ?

    आज हामीले उहाँहरुको खाना प्रदर्शनी अनि मार्केटिङको लागि लन्च गर्ने भएकोले गर्दा हामीले सबैलाई एकदमै सस्तो सुलभ दरमा सबैलाई अनुकूल हुने किसिमले सबैलाई सहज हुने गरि गरेका छौं ।आगन्तुक र स्थानीयहरुलाई छुट्टै छुटको व्यवस्था गरेका छैनौं । दिदिबहिनीहरुको सरसल्लाह बमोजिम जति हुन्छ त्यति नै होस् भन्ने हेतुले सबैलाई सहज हुने किसिमले एउटै क्याटगाेरीमा राखेका छौं । हाम्रो वडा २ ले पहिला दिदीबहिनीहरुलाई सीप सिकायौ त्यसपछि उहाँहरुलाई सहजीकरण मात्रै गरिदिएका हौं ।

    खाना भन्नासाथ स्वास्थ्यसँग जोडिएको विषय भएकोले स्वास्थमैत्री सडक खाना महोत्सव बनाउन के गर्दै हुनुहुन्छ ?

    खाना भनेको मानवीय स्वास्थसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले हामी हरेक पल पलमा खानाको गुणस्तरमा सचेत हुन्छौँ नै । सडक खाना महोत्सवमा पनि गुणस्तरलाई हामी विषेश जोड दिएका छौँ । हामीले यहि स्थानीय स्तरमै उत्पादन भएका कृषि जन्य खाद्यान्न सामग्री,स्थानीय खानालाई प्रबर्द्धन गरेर त्यही अनुसार बजारमा लैजाने हो र बिक्रीवितरण हुन्छ । गर्मी सिजन पनि छ।‘हाइजिनिक फुट’ र सफा खाना नै हाम्रो प्रतिबद्धता हो । हामीले त्यही खाना स्वास्थ र गुणस्तरीय होस् भन्नको लागि हिजो प्रदर्शनी हुने स्थलमा धुलो नहोस् भन्नका लागि बढारकुडार देखि लिएर धुलो पानीले पखालेर सबै ठाँउमा सरसफाई गरेको छ। त्यही अनुसार वहाँहरुले आफ्नो लागि चाहिने सामग्री ग्राहकहरुको माग बमोजिम सिधै बनाएर दिने हुँदा खानामा कुनै समस्या हुनेछैन् ।सडकमा राखीने खानाका डिसहरु व्यवस्थित र ढाकीएको अवस्थामा दिदिबहिनीहरुले राख्नुहुनेछ। त्यस कारणले पनि यो सडक खाना महोत्सवमा गुणस्तरमा स्वास्थमैत्री खानामा
    कुनै संझौता नहुने प्रष्ट पार्न चाहान्छु ।

    सडक खाना महोत्सव तथा हस्तकला सामग्री प्रदर्शनीमा कति स्टलहरु छन् ? कति आगन्तुक दर्शकहरुको सहभागिता होला ? कति कारोबार होला केही आकलन गर्नुभएको छ ?

    सडक खाना महोत्सव तथा हस्तकला सामग्री प्रदर्शनीमा अहिले हामीले चाकु,नेवारी खाना,कृषि उत्पादन सामग्री , विभिन्न घरेलु हस्तकला सामग्री गरेर ८ वटा स्टल रहने व्यवस्था गरेका छौं ।यस पटक पनि धेरै पर्यटकहरु आउने अपेक्षा गरेका छौँ ।विगतमा अपेक्षा गरेको भन्दा बढी उपस्थितिले अहिले गत वर्षको अनुभव भैसकेको आधारमा हेर्ने हो भने एउटा समुह ले कारोबार गर्दा खेरी सामग्री लगायत खाद्यान्न देखि लिएर आर्थिक कारोबार १ लाख ६५ हजार सम्म आर्थिक कारोबार भएको उहाँ दिदीबहिनीहरुले राख्नुभएको अनुसार यो पटक पनि त्यही किसिमको अपेक्षा गरेका छौं । अब यो महोत्सव वर्षको एक दुई र महिनामा एक पटक गर्ने कि भन्ने सोच बनाएर योजनाबद्व ढंगले अगाडि बढने कोशिश गरिरहेका छौ । आज अलि साझ सम्म कार्यक्रम हुने हुँदा सुरक्षाको गांभिर्यतालाई हेरेर सहजीकरणको लागि नगर प्रहरी  परिचालन गरेका छौं ।

    यो हस्तकला प्रदर्शनीमा कस्ता सामग्रीहरु छन् ?

    हस्तकला प्रदर्शनीमा वहाँ दिदीबहिनीहरुले तानमा बुनेका पटुका, चोली सिलाउने कपडाहरु आफुले बुनेका हस्तकला सामग्रीहरु देखि लिएर टाेखा वडा २ ले हामीले तालिम दिएको सिलाइ बुनाइ तालिमबाट वहाँहरुले उत्पादन गरेको पहिरनहरु, मखमल जुत्ताहरु,डल्लो साबुन लगायत सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै