टाेखालाइभ डट कम/ चैत्र २०,२०७८
समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लि टाेखा र लायन्स क्लब अफ काठमाडौं बिष्णुमतीको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । टाेखा नगरपालिका वडा ६ स्थित सहकारी भवन प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पतालमा विरामीको चाप बढेको कारण रगतको अभाव भोगिरहेका विरामीहरुलाई सहयोग पुर्याउन सकियोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरेको लायन्स क्लव अफ काठमाडौं बिष्णुमतीका अध्यक्ष लायन दामोदर केसीले जानकारी दिनुभयो ।

लायन ईन्टरनेशनल जिल्ला ३२५ B1 नेपालका सह- प्रमुख सल्लाहकार तथा लायन सुर्य कुमार केसीले रगत नपाएर कुनै पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम संचालन गरेको बताउनु भयो ।
नेपालमा बिरामीहरु धेरैको संख्यामा रगतकै कमीले गर्दा ज्यान गुमाउन परेको र यसलाई कम गराउन समय समयमा यस्ता रक्तदान कार्यक्रमले विशेष सहयोग पुग्ने साथै हाल भइरहेको रगत अभावको अवस्था हटाउनका लागि सहयोग गर्ने उद्देश्यले
सहकारीले रक्तदान कार्यक्रम राखिएको आयोजक
समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष बिकास
महर्जनले जानकारी दिए।

सहकारी भवन प्राङ्गण ग्राण्डी चोकमा भएको रक्तदान कार्यक्रममा ५३ जना रक्तदाताले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटीको टोली रगत संकलनका लागि पुगेको थियो ।

रक्तदान कार्यक्रममा सहभागीहरुलाई प्रशंसासहितको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा प्रमुख अतिथि टाेखा नगरपालिका वडा ६ का अध्यक्ष महेश्वर केसी , अतिथि लायन अध्यक्ष दामोदर केसी, अतिथि लायन सुर्य कुमार केसी , आयोजक सहकारीका अध्यक्ष बिकास महर्जन , नेपाल रेडक्रस सोसाइटीको टोली, जेष्ठ नागरिक , सहकारीका पदाधिकारीहरु,लायन्स क्लब काठमाडौं बिष्णुमतीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

