• TOKHA LIVE

      TOKHA LIVE

    • १९ चैत्र २०७८, शनिबार २१:१५

    श्री इन्द्रायणी दापा खल: टाेखाको चौथो वार्षिक साधारण सभा सम्पन्न

    टाेखालाइभ डट कम /चैत्र १९,२०७८

    काठमाडौं/ श्री इन्द्रायणी दापा खल: टाेखाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

    श्री इन्द्रायणी दापा खल: टाेखाको चौथो वार्षिक साधारण सभा शनिबार टाेखा नगरपालिका वडा ३ स्थित  इन्द्रायणी सामुदायिक वन भुटखेलमा टोखा नगरपालिका उप- प्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो।

    संस्थाको अध्यक्ष प्रकाश डंगोलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बिशिस्ट अतिथि  टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठले पानसमा दिप प्रज्ज्वल गर्दै उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रममा संस्थाका उपाध्यक्ष नाति डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियोे

    कार्यक्रममा श्री इन्द्रायणी दापा खलको स्थापनाका काल देखि  विभिन्न माध्यमहरूबाट सहयोग तथा योगदान पुर्‍याउने विशिष्ट  व्यक्तित्वहरुलाई खादा ओढाइ बिशेष सम्मान समेत प्रदान  गरिएको थियो ।

    श्री इन्द्रायणी दापा खलको स्थापनाका क्रममा योगदान  पुर्‍याउने विशिष्ट  व्यक्तित्वहरुमा स्व.गुरु आशालाल डंगोल ,
    इन्द्रायणी दापा खललाई जग्गा प्रदान गर्ने भिन्देव डंगोल , टाेखाकै एकमात्र पुराना बासुरी बाद्यक भाइलाल डंगोल , खल : लाई खिं बाजा सहयोग गर्ने स्व. न्हुछे डंगोलका छोरा शंख नारायण डंगोल , खलको विभिन्न बाजागाजाका सामान संरक्षण दिने भख्योसि डंगोल , खल: को  सफु:( थ्या सफु) लेख्ने आशाकाजी डंगोल , बासुरी गुरु शुभ राज श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।

    त्यस्तै इन्द्रायणी दापा खल:मा नयाँ बासुरी खल:का १४ जना सदस्यहरुलाई पनि खादा ओढाइ सम्मान गरिएको थियो ।

    कार्यक्रममा उपस्थिति हुनु भएका अतिथि वक्ताहरुले  इन्द्रायणी दापा खल:ले बिस्का: जात्रामा यांप्याखं ,नाग प्याखं लगायत मुल नायो बाहाली , कुमारी रथ यात्रामा बिशेष योगदान पुर्याउने मात्रै नभएर देशका विभिन्न शहरमा उत्कृष्ट लाखे नाच प्रदर्शन गरि उल्लेखनीय योगदान दिएर बिदेशमा समेत देश र टाेखाको नाम राख्ने प्रशंसनिय कार्य गरेको भनेर योगदानको कदर गर्दै चर्चा गर्नुभएको थियो ।

    संस्थाका पुर्व अध्यक्ष सुर्यमान डंगोलले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रममा इन्द्रायणी दापा खल: टाेखाको चौथो वार्षिक साधारण सभाबाट  सर्वसम्मत रूपमा नाति डंगोलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरिएको छ।

    उपाध्यक्षमा हरिकृष्ण श्रेष्ठ ,सचिवमा सानुराज डंगाेल,
    सह -सचिवमा सुरेश डंगाेल, काेषाध्यक्षमा भख्यसि डगाेल,
    सह -काेषाध्यक्षमा सुकुनारायण डंगाेल त्यस्तै
    सदस्यहरुमा बिस्वराज लवट, रामकृष्ण डंगाेल र आशाकाजी डंगाेल चयन भएका छन्  ।

    कार्यक्रममा  टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ , टाेखा नगरपालिका वडा २ का सदस्य हेराकाजी महर्जन डंगोल ,श्री इन्द्रायणी दापा खलका गुरु चन्द्रमान डंगोल , पिगंद्य सहलुबी दापा खलका गुरु काजी लाल डंगोल ,टाेखा मुल नाइके हेमराज श्रेष्ठ ,गुरु ज्ञान वीर श्रेष्ठ , टाेखा संस्कृति संरक्षित क्षेत्र बिकास समितिक अध्यक्ष गणेशमान श्रेष्ठ , टाेखा संस्कृति सम्पदा संरक्षण दबुको अध्यक्ष मनिराज डंगोल , नेवाःगुथि तोखाका अध्यक्ष रमेश नापित ,चण्डेश्वरी भजन मन्दलका अध्यक्ष देवराज जोशी लगायत विभिन्न खलपुचहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै