टाेखालाइभ डट कम/ चैत्र १८,२०७८
काठमाडौं /टाेखा नगरपालिकाको आयोजनामा बाल संरक्षणको पाटाेमा स्थानीय सरकार र ‘सुरक्षाका लागि साथ साथ परियोजना’ अन्तर्गत ‘एक्प्याक्ट लक्जेवर्गको सहकार्यमा बैठक
सम्पन्न भएको छ।कार्यक्रममा एक्प्याक्ट लक्जेवर्गसंगै
सेलर्ड र शक्ति समूहको समेत सहकार्य रहेको थियो ।
टोखा नगरपालिका वडा ५ मा सम्पन्न भएको कार्यक्रममा बाल अधिकारको क्षेत्रमा लामो कार्य अनुभव लिएका ब्यक्तित्वहरुलाई समावेश गरिएको कार्यक्रममा संयोजक टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलको अध्यक्षतामा टाेखामा बाल संरक्षणको पाटाेमा स्थानीय सरकार’टाेखा नगरपालिकामा स्थानीय बाल अधिकार समिति’ र‘सुरक्षाका लागि साथ साथ परियोजना”एक्प्याक्ट लक्जेवर्ग ECPAT Luxembourg काप्रतिनिधिहरुका बिच बैठकमा बृहत छलफल भएको थियोे ।

कार्यक्रममा ‘सुरक्षाका लागि साथ साथ परियोजना
एक्प्याक्ट लक्जेवर्ग ECPAT Luxembourg का कार्यक्रम अधिकृत श्रद्धा बर्माले ECPAT Luxembourg नेपालमा कार्यरत एउटा अन्तर्राष्ट्रिय गैर – सहकारी संस्थालेले नेपालमा सन् २००८ देखि नेपालमा विभिन्न गैर – सहकारी संस्थाहरुको सहकार्यमा मानव बेचबिखन र व्यवसायीक यौन शोषण विरुद्ध विभिन्न परियोजनाहरु संचालन गर्दै आइरहेको बताइन् ।
कार्यक्रम अधिकृत श्रद्धा बर्माले नेपाल सरकारलाई संस्थागत रूपमा जोखिममा परेका बालबालिका तथा मानव बेचबिखनको जटिल जोखिमलाई सम्बोधन गर्न र सहयोग पुर्याउन ECPAT Luxembourg (एक्प्याक्ट लक्जेवर्ग)ले सयुक्त राज्य अमेरिकाको बिदेश बिभाग अन्तर्गतको मानव बेचबिखनको नियन्त्रण र अनुगमन कार्यालयको सहयोगमा नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको बाल अधिकार परिषदसंगकाे संयुुक्त सहकार्यमा अधिकार सुनिश्चितताको लागि तीन वर्षिय ( आश्विन २०७७-२०८०) परियोजना आरम्भ गरेको जानकारी दिनुभयो।
सदस्य सावित्रा न्यौपानेले नगरपालिकामा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी कार्यविधि बनाएर तिव्ररूपमा अगाडि अघि बढीरहेको बताउनुभयो ।

त्यस्तै सदस्य टाेखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलाल टाेखा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रणलाल कुलालले विश्व ब्यापी फैलिएको काेभिड-१९ को बिकराल समयमा बालबालिकालाई काेभिडबाट बच्ने उपाय बारेमा बहस गर्नुभएको थियो ।
सदस्य मुकुन्द दाहालले यौन शिक्षा सम्बन्धमा विद्यालयमा साना र ठुलो विद्यार्थीलाई कसरी जानकारी दिने भन्ने विषयमा बृस्तृत परियोजना निर्माण गरेर समिति मार्फत विद्यालय जाने कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभयो।
शिक्षा शाखा प्रमुख बाबुराम गौतमले बालबालिका र मानब बेचबिखनमा सही शब्द चयन गर्नुपर्ने सुुझाव दिए । मानव तस्करी र मानव बेचबिखन एउटै नभएकाले यसका कानुन राम्रोसँग बुझ्नुपर्ने उनको सुझाव थियो ।
सदस्य कृष्ण प्रसाद सुवेदीले टाेखा नगरपालिकाले सम्भव त काठमाडौंकै ११ वटै नगरपालिका मध्य बाल अधिकार,मानव बेचबिखन, बालगृह निर्माण,बाल उद्धार, बालबालिकाका अधिकार हकहित सुनिश्चित गर्ने जस्ता बिषयमा काम गरेर टाेखा नगरपालिकाले अगुवाइ गरिरहेको बताउनुभयो ।
कार्यक्रममा महिला बालबालिका शाखा प्रमुख बिमला वाग्लेले
बालबालिका उद्दार, मानब बेचबिखन, यौन विषयमा बहस गर्दा समाजमा कस्तो प्रभाव पर्छ भन्ने कुरामा चनाखो हुन जरुरी रहेको बताउनुभयो ।
बालबालिका सम्बन्धि ऐन, २०७५ को दफा ६० को उपदफा(३) र बागमती प्रदेश सरकारको प्रदेश बालबालिका सम्बन्धि ऐन, २०७६ को दफा ४६ बमोजिम बालबालिकाको अधिकार तथा हकहितको संरक्षण र संवर्द्वनका लागी कार्यविधि निर्माण गर्न वाञ्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन को अधिकार प्रयोग गरि टाेखा नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन बमोजिम १९ सदस्यीय टाेखा नगरपालिका स्थानीय बाल अधिकार समिति गठन गरिएको बताउदै टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोलले मानव बेचबिखन र व्यवसायीक यौन शोषण विरुद्ध विभिन्न परियोजनाहरु संचालन गर्दै आइरहेको
एक्प्याक्ट लक्जेवर्गसंगै सेलर्ड र शक्ति समूहसंग सहकार्य गरेर बालबालिकाका अधिकार हकहित सुनिश्चित गर्ने जस्ता बिषयमा टाेखा नगरपालिका निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।

महिला तथा बालबालिका अधिकृत निर्मला रेग्मीले संचालन गर्नुभएको कार्यक्रममा संयोजक तथा’टाेखा नगरपालिका स्थानीय बाल अधिकार समिति अध्यक्ष टाेखा नगर उप- प्रमुख ज्ञानमाया डंगोल,टोखा नगरपालिका वडा ५ का अध्यक्ष जगन्नाथ ढकाल ,सदस्य टाेखा नगर शिक्षा शाखा प्रमुख बाबुराम गौतम शिक्षा शाखा प्रमुख ,सदस्य टाेखा नगरपालिका स्वास्थ्य शाखाप्रमुख रणलाल कुलाल , सदस्य कृष्ण प्रसाद सुवेदी अध्यक्ष चाइल्ड नेपाल,सदस्य सावित्रा न्यौपाने महिला विकास अधिकृत,बिमला वाग्ले, निर्मला रेग्मी,सदस्य मुकुन्द दाहाल अधिकृत ,सदस्य अनिता कुवँर ,सदस्य तारा कँडेल, सदस्य मिना शर्मा, सदस्य सारा खड्का , सुशीला नेपाल ,कल्पना घिमिरे संयोजक वडा बालसंजाल , सदस्य सानुराज डंगोल संचारकर्मी , सदस्य बबिता परियार , सदस्य युवराज मगर , पुजा तामाङ र दिपेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

