• TOKHA LIVE

    • १७ चैत्र २०७८, बिहीबार १३:४८

    टोखामा बिस्का : जात्राको लागि योंसी ठड्याइयो

    टोखालाइभ डट कम/चैत्र १७,२०७८

    काठमाडौ /टोखावासीले नाग र नागिनीको आत्माको शान्तिको कामना गर्न बिस्का : जात्राका लागि चोसीं योसीं आज पाहॉचहे का दिन थनेलाछीमा ठड्याइएको छ । योसीं ठड्याएपछि धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत बिस्का : जात्रा सुरु हुन्छ ।

     

    प्रचलित आख्यान अनुसार प्राचीनकालमा टोखाका राजा भिल्मोका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु -पुजारी) ले आफ्नी श्रीमतीको तीव्र इच्छाका कारण तान्त्रिक बलबाट नागको रूप धारणा गरेछन् ।

    प्राचीनकालमा टोखाका राजा भिल्मोका सेवक तथा देशका रक्षक एक तान्त्रिक गुभाजु -पुजारी) ले आफ्नी श्रीमतीको तीव्र इच्छाका कारण तान्त्रिक बलबाट नागको रूप धारणा गरेछन् ।

     

    पुनः मान्छेको रूप धारण गर्न श्रीमतीले अक्षेता छर्कनुपर्नेमा आत्तिएर आफ्नै मुखमा हालिछन् । त्यसपछि श्रीमती पनि नागिनी भइछन् । दुवैले मान्छे बन्न धेरै प्रयास गरे तापनि सफल भएनन् । पछि दुवैको मृत्यु भयो । तत्कालीन राजाले यो कुरा थाहा पाएर नाग-नागिनीको आत्माको शान्तिका लागि बिस्का : जात्रा सुरु गरेको स्थानीय बासिन्दा बताउँछन् ।

    योसींमा नागको प्रतीकका रूपमा उठाइएको ७५ हात अग्लो योसीं -लिंगोमा हलपत्ता टुप्पा देखि तलसम्म झर्ने पताका लगाईन्छ।हलपत्तामा ३३ कोटी देवी देवताका चित्रहरू अंकित गरिएको हुन्छ।टोखामा संकटामाई , योसीं तथा सपना विनायकलाई एउटै परिवार मानी विनायकले आमालाई भेट गर्न आउने , ढोग्ने तथा सम्पूर्ण परिवार भेंट हुने अवसरको रूपमा यस जात्रालाई महत्व लिईन्छ।

    दोस्रो दिन सॉझपख डंगोल का २ कन्या र ६ जना कुमारलाई भात खुवाउने चलन छ। यसलाई “मरजा नकेगु “ भनिन्छ । यही समयमा सपनतीर्थमा डंगोल जातिकै २ कन्या र २ कुमारलाई “ मरजा नकेगु” गरिन्छ ।

    अर्को दिन सखारै थनेलाछिमा विशेष जात्रा हुन्छ । आमा संकटालाई छोरा विनायकले ढोग्ने यस जात्रालाई रथ जुधाउने जात्रा पनि भनिन्छ । हिजो आज उज्यालो भइकन गरिने यो जात्रा पहिले पहिले विहान सबेरै शुरू गरी यति चॉडै सम्पन्न हुन्थ्यो कि यो जात्राको नाम नै “ पटुछि मला जात्रा “ अर्थात् दौराको तुनै बाँध्न नभ्याइने जात्रा रहेको स्थानीय बुढापाका अहिले पनि स्मरण गर्छन ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै