नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
काठमाडौं ,चैत १६,२०७८
टोखा नगरपालिकाका वडा नं २,३ स्थित संचालित सवारी साधनको समस्यालाई लिएर विद्यार्थीहरु सवारी साधनको समस्या समाधानको पहल गर्न ध्यानाकर्षण पत्र सहित वडा नं २ को कार्यालयमा बुझाएका छन्।

विद्यार्थी र स्थानीय जनप्रतिनिधि, ट्राफिक प्रहरी, राजनीतिक दल, सामाजिक संस्थाका प्रतिनिधि बीच संक्षिप्त रूपमा गुनासाहरूका बारेमा छलफल समेत भएको थियो । वडाका अध्यक्ष दिपकराज जोशी तथा वडासदस्यहरु हेराकाजी महर्जन डंगोल, प्रेमकृष्ण खड्गी टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , समाजवादी नेकपा एस टोखा २ वडाका अध्यक्ष देवराज डंगोल, गणेश इङ्गलिस विद्यालयका प्रीन्सीपल विश्वक डंगोल, नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापित, महानगरी प्रहरी प्रभाग टोखाका ट्राफिक प्रहरी किशोर बहादुर बोहराले विद्यार्थीहरुले उठाएका विषयहरुको बारेमा आफ्ना केहि भनाई राखेका थिए ।
विद्यार्थीहरुले पेश गरेको ध्यानाकर्षण पत्रमा निम्न बुँदाहरु उल्लेख गरेका थिए ।
– निर्धारित समय तालिका बमोजिम गाडी सञ्चालन नभएको,
– सिटको क्षमता भन्दा बढी यात्रु राखी गाडी चलाएको,
– विद्यार्थी पोशाक देखेपछि गाडी नरोकी दिने,
– चालक तथा सहचालकहरूले गाली गलेज तथा दुर्व्यवहार गरेको,
– समय आवधिक भन्दाबढी रोक्ने तथा अनियन्त्रित तवरले ओराल्ने,
– गाडीको तोकिएको भाडा दर भन्दा जथाभाबी रकम असुल्ने,
– गाडी भित्रको सिट फोहोर सरसफाइमा ध्यान नदिएको,
-अनियन्त्रित रूपमा गाडी ओभर स्पिडमा चलाउने,
३४,३५ विद्यार्थीहरु कलेज जाँदा समस्याहरुलाई समाधानको निम्ति यी बुँदाहरु बोकी वडा कार्यालयमा उपस्थित भएका थिए।



