• TOKHA LIVE

    • १३ चैत्र २०७८, आईतवार २१:२२

    टाेखा भगवती क्लबमा ‘समुदायमा सरकारी वकिल अन्तरक्रिया कार्यक्रम ‘सम्पन्न

    नविना श्रेष्ठ। टाेखालाइभ डट कम
    चैत १२,२०७८

    टाेखा वडा नं २ गणेश स्थानमा रहेकाे टाेखा श्री भगवती क्लबमा समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएकाे छ। जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाण्डाै द्वारा देहायका स्थान र समयमा समुदमयमा सरकारी वकिल अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे हाे।

    कार्यक्रममा जिल्ला न्यायाधिवक्ता मुक्तिराम सुवेदी,सहायक जिल्ला न्यायाधिवक्ता अरुण सापकाेटा,सहायक जिल्ला न्यायाधिवक्ता प्रमाेद कुमार वर्मा,
    देव नन्दन यादप ,दिनेश भट्टराई लगायत वकीलहरु प्रशिक्षकमा हुनुहुन्थ्यो । भने टाेखा वडा नं २ का वडाध्यक्ष दिपक राज जाेशी,सदस्य हेराकाजी महर्जन डंगोल ,पञ्चकुमारी श्रेष्ठ
    सामुदायमा सरकारी वकील अन्तरक्रिया उपस्थित रहेका छन् । भने कार्यक्रम सहायक जिल्ला न्यायाधिवक्ता दिनेश भट्टराईले संचालन गरेकाे थियाे।

    कानुनले के बाेल्छ,कानुनले के कस्ता काममा साथ दिने मानिसलाई समस्या पर्दा वडा ,जिल्ला अदालत न्यायाधिवक्ताहरुले के कस्ता काममा साथ सहयाेग रहने भने विषयमा लामाे समय अन्तरक्रिया कार्यक्रम भएकाे थियाे। कार्यक्रममा स्थानीय युवाहरू २५ जना सहभागिता रहेका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै