• TOKHA LIVE

      TOKHA LIVE

    • ९ चैत्र २०७८, बुधबार २१:३६

    सपनातिर्थ मन्दिरमा गजुर राखियो

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम

    काठमाडौं ,चैत ९,२०७८ टाेखा नगरपालिका वडा नं २ स्थित लबुमा रहेकाे सपनातिर्थ मन्दिर पूर्ण निमार्ण कार्य अहिले अन्तिम चरणको काम भईरहेकाे छ।

    टाेखा प्राचिन तथा ऐतिहासिक नगर सांस्कृतिक सम्पदाले भरिपुर्ण यस ठाँउमा प्रत्येक वर्ष बैशाख १ गते ठुलो मेला लाग्ने हुँदा यहाँ देशभरबाट श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ। यो शहर सपनार्तिथ मन्दिरकाे छुट्टै ऐतिहासिक धार्मिक महत्त्व बोकेको छ।

    मन्दिरको छानामा अहिले तामाको छाना हाल्ने काम पनि भैरहेको छ। जसले गर्दा मन्दीर अत्यन्तै चमक देखिने भएको छ। मन्दिरमा सिमेन्ट प्रयोग गरिएको छैन चुनासुर्कीको जोडाइ छ भने भूकम्प प्रतिरोधी बनाइएको छ।

    मन्दिर पुनर्निर्माण कार्य पुरातत्व विभागका इञ्जिनियरको निगरानीमा जीर्णोद्धार समितिले गरेको हो।

    मन्दिर पुर्ननिमार्ण गर्न टाेखा नगरपालिकाकाे बजेट सहयोगमा मन्दिर निमार्ण कार्य झन्दै अन्तिम चरणमा पुगेकाे छ। आज मन्दिरकाे गजुर पुजा गरिएकाे हाे। बिहानकाे १०:५५ काे समयमा साइत हेरि पुजारी खलः र सपनातिर्थ विकास क्षेत्र समितिका अध्यक्ष अष्ट नारायण डंगोल ,सचिव हेरकाजी डंगोल मन्दिरका पुजारी खलःहरुकाे उपस्थितिमा गजुर पुजा गरिएको हाे।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै