टाेखालाइभ डट कम/ चैत्र ८,२०७८
लायन्स क्लब अफ काठमाडौं स्काइ राराद्वारा ‘अनाथ असहाय बाल सुधार समाज’लाई खाना वितरण कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ ।

‘Loins Club Of Kathmandu Sky Rara’ ले बुढानिलकण्ठ नगरपालिका वडा नं.६ स्थित ‘अनाथ असाहय बाल सुधार समाज’का १३० जना भन्दा बढी बालबालिकाहरुलाई खाना तथा खाजा खुवाएका थिए।
‘Lions Club Of Kathmandu Sky Rara’ को आयोजनामा भएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष समेत रहेका सदिच्छा ओभरसिज संचालक दिपक थापाले
अनाथ असहाय बाल सुधार समाजका बालबालिकाहरुलाई
खाद्यान्न सामग्रीहरु वितरण गरेका थिए ।

काठमाडौ टोखा स्थित Lions Club Of Kathmandu Sky Rara स्थापना भएको छोटो समयमा नै क्लबले
उल्लेख सामाजिक कार्य गरिसकेको र आगामी दिनमा पनि सामाजिक कार्यमा उत्तरदायी रहदै विभिन्न कार्यक्रमलाई निरन्तर दिने क्लबको रणनीति रहेको क्लब अध्यक्ष थापाले जानकारी दिए ।

