नविना श्रेष्ठ/ टाेखालाइभ डट कम
काठमाडौं ,चैत ७,२०७८ /भद्रपुर नगरपालिकाकाे नगर तदर्थ समितिकाे आयाेजनामा नगर स्थानीय आधारभूत स्काउट तालिम संञ्चालन भएकाे छ।
३५० औं पि.टि.सि र ४७८ औं वि.टि.सि तालिमकाे उद्घाटन नगर प्रमुख एवं स्काउट संरक्षक जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएकाे छ।
कार्यक्रमको अध्यक्षतामा भद्रपुर समितिका संयाेजक विवेक चम्लागाईले गर्नु भएकाे थियाे। भने संचालन समितिका सदस्य िडल्ली राम भण्डारीले गरेका थिए। त्यसै गरि सदस्य भगिरथ नेपालले स्वागत मन्तव्य राखेका थियाे।

स्काउट तालिमका व्वाइज काेर्षका काेर्ष लिडर सहायक राष्ट्रिय प्रशिक्षक अरुण बस्नेत र गल्स काेर्षका काेर्ष लिडर सिवानी देवान रहनु भएको थियो ।
स्थानीय आधारभूत स्काउट तालिमकाे आवश्यकता रहेकाे महसुश भएकाेले भद्रपुर नगरपालिकामा पनि स्काउट तालिम संचालन भईरहेकाे छ।
कार्यक्रममा सहायक राष्ट्रिय प्रशिक्षकहरु गङ्गराम राई ,प्रदेश अधिकृत नवराज घिमिरे,स्काउट लिडरहरुमा गगंन राज भण्डारी , रिना राज भण्डारी ,शिव वहादुर पाैडेल लगायत विभिन्न स्थानीय तदर्थ समितिका संयाेजकहरु एवं पदाधिकारीहरु नगर शिक्षा शाखा प्रतिनिधिहरु तथा राेभर, रेञ्जरहरु लगायतकाे सहभागीहरुकाे उपस्थिति रहेकाे थियाे।

