• Sanu Raj Dangol

      Sanu Raj Dangol

    • ६ चैत्र २०७८, आईतवार २०:११

    टाेखामा रञ्जना लिपि प्रशिक्षण कार्यक्रम सम्पन्न

    टाेखालाइभ डट कम / चैत्र ६ ,२०७८

    नेवा: गुथि टाेखाको आयोजना तथा टाेखा नगरपालिका वडा २ को सहयोगमा माघ २ देखि सञ्चालन भएको १ महिना लामो नेपालको राष्ट्रिय पहिचानको रुपमा रहेको रञ्जना लिपि कक्षा प्रशिक्षण कार्यक्रमको समापन आज टाेखा नगरपालिका वडा २ स्थित नेवा: गुथि टाेखाको कार्यालय भवन
    मा सम्पन्न भएको छ ।

    रञ्जना लिपि प्रशिक्षण कार्यक्रममा टाेखा नगरपालिका वडा २ र ३ का २५ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए ।

    रञ्जना लिपि प्रशिक्षण समापन कार्यक्रमका प्रमुख आतिथि टाेखा नगरपालिका वडा २ का वडाध्यक्ष दिपक राज जोशीले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

    कार्यक्रम नेवाः गुथि टाेखाका काेषाध्यक्ष महेस्वरी डंगोलले स्वागत मन्तव्य राख्नुभएको थियो।

    टाेखामा रञ्जना लिपि प्रशिक्षण समापन कार्यक्रम रञ्जना लिपि प्रशिक्षक टाेखाका सरोज महर्जन र कृस्टिना डंगोललाई कदर पत्र सहित नेवाः गुथि टाेखाका अध्यक्ष रमेश नापित र टाेखा नगरपालिका वडा २ का वडाध्यक्ष दिपक राज जोशीले खाडा ओदाइ प्रमाणपत्र प्रदान गरेका थिए ।

     

    रञ्जना लिपि प्रशिक्षण कार्यक्रममा सहभागिता जनाएका २५ जना प्रशिक्षार्थीहरलाई पनि आयोजक नेवा: गुथिले प्रमाणपत्र प्रदान गरेका थिए। रञ्जना लिपि कक्षाको श्री चण्डेश्वरी माध्यामिक विद्यालय टाेखा २ मा प्रत्येक दिन बेलुका ६ देखि ७ बजेसम्म १ महिनासम्म कक्षा संचालन भएको थियोे ।

    टाेखा नगरपालिका वडा २ का सदस्य पञ्च कुमारी श्रेष्ठले नेवाः गुथि टाेखा र रञ्जना लिपि प्रशिक्षक सरोज महर्जन र कृस्टिना डंगोललाई बिशेष धन्यवाद सहित शुभकामना व्यक्त गर्दैआउँदा दिनमा पनि राष्ट्रकै पहिचानको रूपमा रहेको लिइ निरन्तर रूपमा रञ्जना लिपि कक्षा संचालनमा टेवा पुर्याउन सकोस् भन्दै आफू सधै टाेखाको कला संस्कृति , भेषभुषा भाषा, सांस्कृतिक जगेर्ना हुने मामिलामा आफू सधै साथ र सहयोग गर्न तत्पर रहेको बताउनु भयो।

    कार्यक्रममा टाेखा नगरपालिका २ का वडासदस्य हेराकाजी महर्जनले स्थानीय भाषा , कला , संस्कृति सिकेर यस्लाइ पछि सम्म संरक्षण गर्न ,जगेर्ना गर्न , निरन्तरता दिदै, जिवन्त बनाउदै लैजान यस किसिमको कार्यक्रम अत्यन्तै फलदायी हुने भएकोले आउँदा दिनमा पनि टाेखाको आफ्नै भाषा , कला , संस्कृति उत्थान हुने कार्यक्रमलाई साथ दिन टाेखा नगरपालिका वडा २ कार्यालय हातेमालो गर्दै अगाडि बढ्न सधैं तयार रहेको बताउनुभयो ।

    कार्यक्रममा मुल नाइके हेमराज श्रेष्ठले भाषा , संस्कृति र लिपिहरु सम्पूर्ण आदिवासी तथा सम्पूर्ण नेपालीहरुकै सम्पत्ती भएकाले यसलाई संरक्षण र सम्बर्द्धन गर्न टाेखा नगरपालिका , २ वडा र नेवाः गुथि टाेखाले सञ्चालन गरेको यस प्रशिक्षण कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै भाषा , संस्कृति र लिपि, परम्परागत नेवा: पहिरण निरन्तर जोगाउनु पर्ने धारणा राख्नुभयो।

    कार्यक्रमका प्रमुख अतिथि टाेखा नगरपालिका वडा २ का वडाध्यक्ष दिपक राज जोशीले कार्यक्रममा शुभकामना ज्ञापन गर्दै आफू जनप्रतिनिधि चुनिएको ५ वर्षको अन्तरालमा टाेखा नगरपालिकामा सञ्चालन भएको रञ्जना लिपि प्रशिक्षण कार्यक्रमले आफु उत्साहित भएको बताउदै यदि वडामा गैर नेवारले नेतृत्व लिएको भए यस खाले कार्यक्रम आयोजना गर्न कठिनाई हुने बिचार राख्दै उहाँले जब सम्म नयाँ पुस्तालाई सिक्न हस्तान्तरण गर्दैनन् तब सम्म केही नहुने हुँदा यो कक्षा संचालनलाई विशेष जोड दिनुपर्ने धारणा राख्दै निरन्तर रूपमा रञ्जना लिपि कक्षा संचालनमा वडा र आफू सधै साथ र सहयोग गर्न सधै तयार रहेको बताउनु भयो।

    अध्यक्ष जोशीले टाेखा नगरपालिकामा कम नेवा:जनप्रतिनिधिहरु रहेकोे जानकारी गराउदै जुनसुकै पार्टीका नेता भए पनि आउदो चुनावबाट चुनिएर आउने जनप्रतिनिधिले टाेखाको कला संस्कृति , भेषभुषा भाषा, सांस्कृतिक , मौलिक परम्परालाई प्राथमिकतामा राखेर जगेर्ना गर्न सुझाएका थिए ।

     

    नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितको सभापतित्वमा
    सञ्चालन भएको सो समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा आयोजकको तर्फबाट नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले टाेखा नगरपालिका वडा २ कार्यालय, प्रशिक्षक र प्रशिक्षार्थीलाई शुभकामना तथा धन्यवाद दिदै पछिल्लो समयमा आफ्नो मातृभाषा बोल्ने तथा लेख्न प्राय हराइसकेको अवस्थामा भाषा र रञ्जना लिपिको उत्थानका लागि १ महिने रञ्जना लिपि कक्षा प्रशिक्षणको आयोजना गरिएको समापनका क्रममा बताउनु भयो ।

    कार्यक्रममा अतिथिहरु लगायत टाेखा वडा २ का वडाध्यक्ष दिपक राज जोशीलाई मायाको चिनो प्रदान गरेका थिए ।

    नेवा: गुथि टाेखाका महासचिव हेराकाजी डंगोलले संचालन गरेको रञ्जना लिपि प्रशिक्षणको समापन
    कार्यक्रममा टाेखा वडा २ का वडाध्यक्ष दिपक राज जोशी,
    टाेखा नगरपालिका वडा २ वडा सचिव शालिक राम गौतम
    नेवा: गुथि टाेखाका सल्लाहकार मनिष जोशी , टाेखा मुल नायके हेमराज श्रेष्ठ ,टाेखा नगरपालिका वडा २ का सदस्यद्वय हेराकाजी महर्जन,पञ्च कुमारी श्रेष्ठ नेवा: गुथि टाेखाका पदाधिकारीहर र प्रशिक्षार्थी शुभ चिन्तकहरुको उपस्थिति रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै