• TOKHA LIVE

    • ५ चैत्र २०७८, शनिबार २१:०५

    चाँगुनारायण भक्तपुरमा स्थानीय आधारभूत स्काउट तालिम सम्पन्न

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम

    काठमाडौं चैत, ५,२०७८ चाँगुनारायण नगरपालिका भक्तपुरमा फागुन २९ गते देखि सुरु भएकाे स्थानीय आधारभूत स्काउट तालिम चैत ४ गते सम्पन्न भएकाे छ।

    भक्तपुरकाे श्री फैढाेका आ. विद्यालयमा ५ रात ६ दिनकाे स्काउट तालिमकाे आयाेजक भने चागुनारायण नगरपालिका र स्थानीय स्काउटले गरेकाे थियाे।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय संयाेजक लाेक वहादुर भण्डारीले सभ्य समाज निर्माण गर्न र युवाहरुकाे संरक्षण गर्न लागि आधारभूत स्काउट तालिमकाे आवश्यक रहेकाे वताए।

    देशकाे समाननिय प्रधानमन्त्री स्काउटकाे संरक्षक हुने,युवा तथा खेलकुद मन्त्री प्रमुख स्काउट र मुख्य मन्त्री संरक्षण र सामाजिक मन्त्री युवा मन्त्री प्रदेशमा प्रमुख स्काउट हुने व्यवस्था रहेकाे जानकारी दिनुभयाे। स्थानीय तह सम्म स्काउटको संरक्षक,प्रमुख,स्काउट हुने वताए। चागुनारायण नगरपालिकामा अब प्रत्यक विद्यालयमा बालबालिका,युवा युवती,िकशाेर किशाेरीहरुकाे विकासकाे निम्ति स्काउट शिक्षाकाे अति आवश्यक रहेकाेले अबका दिनमा चागुनारायण नगरमा स्काउट तिब्र गितमा सुरुहुने प्रतिवद्वता जनाए। विपत व्यवस्थापन तथा सामाजिक जुन सुकै सेवा मुलक कार्यमा स्काउट अगाडि हुने विश्वास व्यक्त गरे।

    चागुनारायण नगरपालिकाका मेयर साेम प्रसाद मिश्रले तालिममा सहभागी सबैलाई बधाई तथा शुभकामना दिईएका थिए। अबका दिनमा चागुनारायण नगरपालिकाका प्रत्यक विघालयमा स्काउट संचालन हुने र अरु नगरपालिकाहरु मध्ये चागुनारायण नगर प्रथम नगरपालिका रहने वताए। स्काउटका गतिविधि संचालन गर्न कसैलाई केही समस्या परेमा चागुनारायण नगर साथमा रहेकाे जनाकारी दिएका छन्।

    बागमती प्रदेश सल्लाकार राम गाेपाल कर्माचार्यले घर वनाउदा डिपिसि गरिन्छ र त्याे डिपिसि राम्रो भयाे भने घर बलियाे हुन्छ। त्यसैगरी मानिसकाे जिवनमा पनि डिपिसि जस्तै स्काउटको वि.टि.सि र पि.टि.सि तालिम आवस्यकता रहेकाे वताए ।

    कार्यक्रममा सभापति चागुनारायण नगरपालिकाका मेयर साेम प्रसाद मिश्र, उप मेयर , प्रमुख अतिथि नेपाल स्काउटका राष्ट्रिय संयाेजक लाेक वहादुर भण्डारी , चागुनारायण नगर उप मेयर विना वास्टाेला,बागमती प्रदेशका संयाेजक केश रत्न बजाचार्य,बागमती प्रदेशका सल्लाकार राम गाेपाल कर्माचार्य ,भक्त राज भण्डारी , स्थानीय शिक्षा शाखा प्रमुख वीर वहादुर खड्का, साे तालिमका व्यइज काेर्षका काेर्ष िलडर अच्युत प्रजापति,गल्स काेर्षका काेर्ष लिडर चन्द्र कान्ता प्रजापति,चागुनारायण नगरका स्थानीय तदर्थ समितिका संयाेजक उमेश प्रसाद सिहं,सूर्यविनायक नगर स्थानीय तदर्थ समितिका संयाेजक शिव कुमार त्वायना,भक्तपुर नगर स्थानीय समितिका संयोजक कृष्ण सुन्दर प्रजापति टाेखा नगर स्थानीय समितिका संयाेजक नवीन श्रेष्ठ लगायत प्रशिक्षार्थी तथा स्कुलका शिक्षकहरुकाे उपस्थित रहेकाे थियाे।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै