• TOKHA LIVE

    • ५ चैत्र २०७८, शनिबार ०५:५०

    टाेखामा घरयसी फाेहाेरबाट मल वनाउने तालिम

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम

    काठमाडौं चैत ४, २०७८: काठमाडौं डिभिजन वन कार्यालयकाे आयाेजनामा घरयसी फाेहाेर तथा पात पतिङ्गरवाट मल वनाउने तालिम सम्पन्न भएकाे छ।

    गृहणीहरुलाई मल बनाउने तालिम दिएर घर, टाेल, समाजलाई फाेहाेर मुक्त गर्ने उदेश्यले तालिम संचालन गरेकाे इन्द्रायणी भुतखेल सामुदायिक वन उपभाेक्ताका समितिका अध्यक्ष सुर्यमान डंगोलले वताए।

    मल वनाउने तालिममा ४० जना महिलाहरुकाे सहभागिता रहेकाे थियोे । कम्पाेस्ट मल वनाउने र फाेहाेर व्यवस्थापन गर्न चिनी, मर्चा, च्याउ तथा नुन, पानी जस्ता फाेहाेरकाे कसरी मल वनाउने भन्ने विषयमा छलफल चलेकाे थियाे।

     

    वन अधिकृत नागर्जुन सव डिभिजनका सरस्वती अर्याल र मुख्य प्रशिक्षक अनु श्रेष्ठले वैकल्पिक उर्जाहरुकाे बारेमा वताएका थिए ।

    टाेखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले मलकाे व्यवस्थापनका साथै मल व्यवसाय गर्न सकिने र घर घरबाट निस्केका फाेहाेर वाट मल वनाएर समृद्ध समाज निर्माण गर्न सकिने वताउनु भयाे ।

    कार्यक्रममा जिल्ला वन अधिकृत बद्रीकुमार कार्की लगाएतका उपस्थित रहेकाे थियाे ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै