• TOKHA LIVE

    • ३ चैत्र २०७८, बिहीबार १९:२७

    सपनतीर्थमा होलीको रौनक (फोटोफिचर)

    सपनतीर्थमा होलीको रौनक (फोटोफिचर)

    टोखा लाइभ ।२०७८ चैत ३ गते ।

    काठमाडौँ । काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा मनाइएको छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । होलीका अवसरमा काठमाडौंको टोखा नगरपालिका स्थित सपनतीर्थमा विशेष कार्यक्रम भएको छ ।

    कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् ।

    ऐतिहासिक तीर्थ स्थल सपनतीर्थ क्षेत्रमा यस वर्षको होलीमा भने खाचाखच भरिएको छ । सपनतीर्थ भजन खलः द्वारा यहाँ होली खेल्नका लागि गरिएको कार्यक्रममा टोखा सरस्वती का भुपु वडा अध्यक्ष बाबुलाल डंगोल , युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

    उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी र नाचगान र भजन कीर्तन गर्दे पर्व मनाएका छन् । यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन् ।

    होलीका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रंङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।

    किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।

    हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।

    अन्तत :उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए । तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।

    अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै